सिधाखबर \ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा आव २०७८/७९ मा हेटौंडा उपमहानगरबाट सबैभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगको सार्वजानिक तथ्याङ्कमा मकवानपुरको हेटौंडा उपमहागरबाट गतवर्षमा ४५ जना र यस आवमा १२४ जना गरि १६९ उजुरी दर्ता भएको पाइएको छ ।
मकवानपुरमा गतवर्ष १०४ वटा र यस आव २०७८/७९ मा २०६ गरी ३१० वटा उजुरी परेको पाइएको छ । त्यस्तै गत वर्ष ७५ वटा र यस वर्ष १५२ गरी २२७ वटा उजुरी फछ्र्यौट गरिएको जनाइएको छ । फछ्र्यौट हुन बाकीँ उजुरी ८३ वटा रहेको आयोगका उपसचिव एंव सुचना अधिकारी विष्णु प्रसाद सापकोटाले बताए ।
यसैगरी थाहा नगरमा असारमसान्त सम्ममा ८ वटा उजुरी दर्ता भएका छन् भने ७ वटा उजुरी फर्यौट गरिएको छ । यस्तै इन्द्र सरोवर गाउँपालिकामा ४ वटा उजुरी दर्ता भई ४ वटै उजुरी फछ्र्यौट भएको सापकोटाले बताए । यस्तै कैलाश गाउँपालिकामा १२ वटा उजुरी दर्ता भएको र ९ वटा फछ्र्यौट भएको तथ्याङमा उल्लेख छ ।
यसैगरी बकैया गाउँपालिकामा २१ वटा उजुरी दर्ता भएको र १६ वटा उजरी फछ्र्यौट भएको छ । बागमती गाउँपालिमा भने ६ वटा उजुरी दर्ता र ५ वटा फछ्र्यौट भएको छ । भीमफेदी गाउँपालिकामा १२ वटा दर्ता र ८ वटा फछ्र्यौट भएको छ । मकवानपुरगढी गाउँपालिकामा २० वटा उजुरी दर्ता र १४ वटा उजुरी फछ्र्यौट भएको छ । मनहरी गाउँपालिकामा भने ४२ वटा दर्ता र ३६ वटा फछ्र्यौट भएको छ । राक्सिराङ गाउँपालिकामा १६ वटा दर्ता र १० वटा फछ्र्यौट भएको तथ्याङ्क छ । आयोगमा बढि टेलिफोन मार्फत बढी उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
मकवानपुरमा सबैभन्दा हेटौंडा उपमहानगर पछि मनहरी गाउँपालिकाबाट सबैभन्दा बढि उजुरी दर्ता भएको देखिनछ । उजुरीमा रसिद दुरुपयोग भएका प्रवृतिका उजुरी सबैभन्दा बढी परेको बताएका छन् । आयोगमा सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेका छन् ।
प्रायः सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धित उजुरी आएको बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु दर्ता भएको सापकोटाले बताए ।