हेटौडा / आजबाट प्रर्दसनमा आएको चलचित्र ‘महाजात्रा’लाई हेटौडाका दर्शकहरुले मन् पराएका छन् । चलचित्रलाई पहिलो शो हेर्न पुगेकाका दर्शकहरुले मन् पराएको प्रतिकृया दिएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल आरम्भ गरिएको छ । चलचित्रले दर्शकहरुलाई बाँधेर राख्न सक्ने दरिलो ताकत देखाएको छ ।चलचित्रमा मनोरञ्जन संगै शन्देश प्रवाह पनि उत्तिकै छ । पैसाको पछाडी लाग्ने युवापुस्ताले तेसबाट श्रृजित परिघटनाको सामाना गर्नुपर्ने बाँधाब्यब्धानहरु चलचित्रमा देखाईको । राजननितिक दलहरुले भबिष्य बोकेका युवाहरुको सपना कसरी कुल्चन छन भन्ने कथा पनि चलचित्रमा हेर्न पाईन्छ ।
चलचित्रमा कुनै बोर लाग्ने दृष्य छैनन् जसले गर्दा दर्शकहरुलाई यसले बाँधन सफल छ । चलचित्रमा सबैभन्दा ठुलो कुरा लेखाई मजबुद छ । कथा लेखनले चलचित्रलाई रामै दौडाएको छ । पात्र चयन र सिक्वेल कथा प्रस्तुती पनि उत्तिकै दमदार देखिन्छ । चलचित्रमा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रबाट दर्शकलाई सोसल कमेडीको रमाइलो चटपटे खाए जस्तै बनाएको छ । ‘महाजात्रा’बाट यस अघिका श्रृंखलाभन्दा बढी मनोरञ्जनसँगै हाँसोको लाभ लिने पक्का छ । यसैले दर्शकहरुलाई चलचित्र हेर्न सिफारीस गर्न सकिन्छ । पछिल्लो बिकसित प्रबिधिको समाजको कथा चलचित्रले टप्पक टिपेको छ ।
अभिनयका बादशाह हरिवंश आचार्य र पछिल्लो पुस्तामा खरिएको अभिनय गर्ने कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, लगायतका कलाकारको अभिनयले चलचित्रलाई उत्कृष्ठ बनाउन सफल भएको छ । हेटौडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पहिलो शो हेर्न केही संचारकर्मीहरुलाई समेत निमन्त्रणा गरिएको थियो । उनिहरुले चलचित्र हेरिरहदा समय वितेको पत्तै नपाएको बताए । खासगरी उनिहरुले चलचित्रको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको खुलेर तारिफ गरेका छन । चलचित्र राम्रो र रमाइलो बनेको छ परिवार एकसाथ बसेर हेर्ने चलचित्र बनेको छ’ रातोपाटीमा कार्यरत पत्रकार गणेश दुलालले भने ।
यस्तै पत्रकार केशब समर्पणले संदेशमुलक चलचित्र बनेको प्रतिक्रिया दिए । दर्शकरुले ‘चलचित्र हेरिरहदा समग्रमा नै राम्रो बनेको प्रतिकृया दिएका छन् । कलाकारहरुको मेहनत पनि राम्रो रहेको प्रतिकृया दिएका छन् । ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको दर्शक्हरुको अपेक्षालाइे चलचित्रले पुरा गरेको देखिन्छ । चलचित्रको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ,समसामयिक विषयवस्तुमा सुन्दर चलचित्र बनाएको न्युज २४ मा कार्यरत पत्रकार सुनिता बिष्टले बताईन ।
चलचित्र हेरुन्जेल रमाइलो तड्काका भावहरु दर्शकरुको मनमस्तिष्कमा बस्न सक्छन यसैले गर्दा यो चलचित्र सबै बर्गका दर्शकहरुलाई स्वादिलो बन्न सक्ने नेपाल टेलिभिजनमा कार्यरत पत्रकार भावना रिजालले बताईन । हाँसो र रोदनको मिश्रणलाई मौलिकता सहित प्रस्तुत गरिएकाले पनि ‘महाजात्रा’ यो बर्ष सफल चलचित्रको लिष्टमा आउने पक्का छ । यसमा समावेश संवादहरु पनि उत्तिकै उत्कृष्ठ छन् । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरलको संगीत छ ।