हेटौंडा / जनताबाटै आएको सुझाब अनुसार नगरको विकासलाई अघि बढाउँने उद्देश्य थालेको हेटौंडा उपमहानगरपालिकाले ४ नम्बर वडामा योजना तर्जुमा गोष्टी सञ्चालन गरेको छ । नगरवासीलाई आगामि योजनामा समावेश गराउँनका लागि आइतबार हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडामा आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन गरेको हो । वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम गरीने उपमहानगरले जनाएको छ । स्थानिय पालिकाको बजेट निर्माण पुर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने निति अनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाएको बताइएको छ ।
आउँदो बर्षका लागि बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी उपमहानगरको रहेको छ । ४ नम्बर वडामा भएको सुझाब संकलनमा स्थानियले शिक्षा, सडक ढल र बहुउद्देश्यीय भवनको कामलाई अघि बढाउ जरुरी रहेको बताएका थिए । हेटांैडा ४ का कमल मैनालीले मुख्य बजार क्षेत्रमा रहेको वडाको भौतिक बिकास राम्रो नभएको बताए । उनले देश भरबाट आउँने मानिसहरुको नजरमा पर्ने वडाको पुर्वाधार विकास प्रकृतिमैत्री र व्यवस्थित हुन जरुरी रहेको बताए । सडकको पिच भत्किएको छ बनेको सडकहरुमा ढल, सडक छेउमा हुनुपर्ने सुन्दरता नभएको उनको भनाई थियो । स्वास्थ्यका हिसाबले पनि वडा निकै समस्यामा रहेको भन्दै उपमहानगर र वडाको समन्वयमा यहाँ रहेका कवाडी संकलन र सवारी मर्मत केन्द्र व्यवस्थापन गर्न जरुरी रहेको बताए ।
त्यस्तै हेटौंडा ४ मा रहेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख माधब कोइरालाले उपहानगरले गर्ने खेलकुदको लगानी सदुपयोग नभएको बताए । उनले मोटो रकम खेलकुदमा लगानी भएपनि उत्पादन शिल क्षेत्रमा नभएको भन्दै खेलाडि उत्पादनमा रकम खर्चन आग्रह गरे। प्रशिक्षकको व्यवस्थापन गरेर खेलाडि उत्पादन गर्न सके नगरले गरेको लगानीले सार्थकता पाउने उनको भनाई थियो । नगरका अन्य वडा भन्दा बजेटमा पछि पारेको गुनासो स्थानियले गरेपछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले समानुपातीक ढंगबाट बिकासको काम गरीरहेको बताएकी छन् ।
तत्कालिन नगरक्षेत्रमा रहेका ११ वडा मध्य पछि थपिएका वडाहरुलाई बिकासको गतिमा लैजानुपर्ने अहिलेको आवश्यकता भएकाले केहि रकम पछि थपिएर उपमहानगर बनेका क्षेत्रमा गएपनि बजेट समानुपातिक ढंगबाटै बाढिएको बताइन् । बिकासको द्रिष्टीकोणले ४ नम्बर अन्य वडाको तुलनामा अव्बल रहेको भन्दै बिकासको कामलाई तदारुकताका साथ अघि बढाउन उपमहाानगरले कुनै कम्जोरी नगर्ने बताइन् । उनले आगामि आर्थिक बर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी रहेको बताइन् । प्रमुख लामाले अब सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रीत बजेट निर्माणमा जोड दिने बताइन् ।
उनले दिगो ढंगबाट काम लाई अघि बढाउँदै लैजाने योजना रहेको भन्दै उपमहानगरको कामलाई सकारात्मक ढंगबाट बुझिदिन नगरवासीलाई आग्रह गरीन् । हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।