हेटौंडा / हेटौंडाका ४० जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ । तरकारी तथा फलफुल उत्पादनको लागि पकेट क्षेत्रको रुपमा विकास हुँदै आएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ का ४० जना किसानहरुलाई आईतबार कृषि सामग्री बितरण गरिएको हो । उपमहानगरपालिकाको आर्थिक सहयोग ‘तरकारी पकेट कार्यक्रम’ अन्तरगत कृषकहरुलाई किटनासक औषधि छर्ने मेसिन, आफ्नो कृषि उपज जोख्ने डिजिटल तराजु, पानि हाल्ने हजारी, क्रेट, ट्रे, कुटो, स्प्रिडकल, सिकेचर कोदालो लगाएतका सामग्री बितरण गरीएको थियो ।
स्थानिय त्रिवेणी कृषि सहकारीको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र हेटौंडा १३ का अध्यक्ष पेम्बा लामाले कृषकहरुलाई कुरिलो, गोलभेडा,चुकन्दर,पक्च्योइ, फर्सि, रेड क्यावेज, चाइनिज क्यावेज, कलरफुल भेडे खुर्सानीका विउँ वितरण गर्नुभएको थियो । किसानलाई कृषि सामग्री वितरण गर्नुहुदै नगर प्रमुख लामाले कृषिलाई व्यवसायीक करण गरेर आर्यआर्जनमा जोडिन जरुरी रहेको बताउनु भयो ।
दिगो आर्यआर्जनका लागि कृषि महत्वपुर्ण पेशा भएको भन्दै उहाँले उपमहानगरपालिका काम गर्छौ भन्नेहरुका लागि सधै सहयोगि बन्न तयार रहेको बताउनु भयो । पछिल्लो समय हेटौंडा उपमहानगरपालिका १२ र १३ मा व्यवसायीक रुपमा तरकारी सहित फलफुल खेती हुँदै आएको छ । त्यस क्षेत्रमा अहिले व्यवसायीक रुपमा एक सय भन्दा बढि किसान कृषि पेशामा संलग्न रहेका छन् । अहिले बढिमात्रामा मेवा बाहिरी शहर विरगञ्ज सम्म निर्यात गरिएको छ भने अन्य उत्पादन हेटौंडा बजार र स्थानिय बजारमै खपत भैरहेको सहकारीले जनाएको छ ।