एमाले मकवानपुरकाे सचिवालय बैठक बुधबार सम्पन्न भएको छ । बैठकले उम्मेद्वारकाे सिफारिसकाे लागि मिति, मापदण्ड र प्रक्रिया तोकेको छ । सचिवालयकाे बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनकाे लागि भाद्र १७ गते र १८ गते सम्बन्धित कमिटीकाे बैठक बसी सिफारिस गर्ने निर्णय गरेकाे छ ।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा र केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे उम्मेद्वारकाे अन्तिम सिफारिसकाे लागि १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीकाे पूर्ण बैठक बस्ने भएकाे जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनुभयाे ।
प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, अामन्त्रित सदस्य निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने विधानकाे व्यवस्था रहेकाे सचिव सिग्देलले बताउनुभयाे ।
उम्मेद्वार सिफारिस गर्दा पार्टीकाे नीति र कार्यक्रमप्रतिकाे प्रतिवद्धता, लाेकप्रियता र विजयकाे सुनिश्चिता, पार्टीप्रतिकाे निष्ठा र आन्दाेलनमा याेगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमाेजिमकाे याेग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन रहेकाे बताईएकाे छ । बैठकले १ महिलासहित ३ जनाकाे सिफारिस गर्नसक्ने प्रावधान रहेकाे छ भने बैठकमा कमिटीका सदस्यहरूकाे महत्वपूर्ण सुझाव व्यक्त समेत गरेका थिए ।
बैठकले प्रतिनिधिसभा १ नं. मा अनन्त पाैडेल, प्रदेशसभा क मा रामचन्द्र राई, ख मा गाेपाल श्रेष्ठ, २ नं. डाेरमणि पाैडेल, प्रदेश सभा क मा नवराज तिमल्सिना, ख मा एकराज उप्रेतीलाई सहजकर्ता ताेकिएकाे जनाईएकाे छ । बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलालगायतका प्रदेश सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।