हेटौंडा \ आँचल साहित्य कला पुञ्जले आगामी बैशाख ५ गते वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको आँचलकी अध्यक्ष भावना सापकोटाले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् । गत वर्ष आचलले कविता प्रतियोगिता आयोजना गरेको थियो ।
हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयसँगको सहकार्यमा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै सान्त्वना हुनेले पनि नगद २ हजार प्राप्त गर्नेछन् । आउँदो वैशाख १५ गते हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी भइरहेको सापकोटाले बताइन् ।
कार्यक्रममा विभिन्न श्रष्टा सम्मान, विद्यालय स्तरीय एकल गयन प्रतियोगिता, बहस कार्यक्रम लगायत विविध विधाका साहित्यिक प्रस्तुति रहनेछ । विद्यालय स्तरीय एकल गायनमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगरपालिका १० नं. वडाका वडा अध्यक्ष फुर्वादोर्जे लामा, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरीता दाहाल लगायतको आतिथ्यता थियो ।