जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जोखिममा परेका बालबालिकाको शिक्षामा जोडदिन आग्रह गर्नुभएको छ । उहाँले पहुँचका आधारमा भन्दा पनि वास्तविक बालबालिका पहिचान गरी मानव अधिकार संरक्षण तथा समवद्धन गर्न आग्रह गर्नु भयो । लैंगिक हिंसा तथा विभेद अन्य गरी समुदाय स्तरमा शिक्षाको अभियान चलाउन उहाँले आग्रह गर्नु भयो ।
बुधबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा बोल्दै प्रमुख घलानले यस्तो बताउनु भएको हो । ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजनामा र अमेरीकन हिमालयन फाउण्डडेशनको सहयोगमा आयोजित बैठकमा जोखिम तथा गरिब बालबालिकाहरुलाई शिक्षाआर्जनमा जोडदिनुपर्ने जोड दिईएको थियो ।
कार्यक्रममा वक्ताहरुले गरिव असाहय बालबालिकाले शिक्षाबाट बन्चित हुनु नपर्नेगरी काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गठी रेष्टले मकवानपुर जिललामा गरेका गतिविधिरुलाई प्रस्तुत गरेको थियो । रेष्टले मकवानपुरमा चालु आवमा हेटौडा उपमहानगरपालिकामा १६ विद्यालयका ५ सय ९ जना विद्यार्थीहरुमा अध्ययन गराएको थियो भने मनहरी गाँउपालिकामा १० विद्यालयका ३ सय ७१ जना, राक्सिराङ्ग गाँउपालिकाको २३ बिध्यालयमा ४ सय ७१ जना, कैलाश गाँउपालिकाको १० बिध्यालयमा २ सय ५३ जना,बकैया गाँउपालिकाको ७ बिध्यालयमा २ सय जना, भीमफेदी गाँउपालिकाको १ बिध्यालयमा ४ जना र मकवानपुरगढी गाँउपालिकाको १ बिध्यालयमा ६ जना विध्यार्थी अध्ययन गराउन सफल भएको बताएको छ ।
चालु आवमा ६८ विध्यालयका १ हजार ८ सय १४ विध्यार्थी अध्यान गराउन सफल भएको रेष्टले आव २०७९ मा ६७ विध्यालयका १ हजार ६ सय ६६ विध्यार्थीहरु अध्यान गराउने योजना लक्ष्य राखेको बताएको छ । कुल १ करोड १७ लाख ५७ हजार ६ सय ४९ को लागतमा यी विध्यार्थीहरुलाई अध्ययन गराउने लक्ष्य राखेको रेष्टले जनाएको छ । विस २०४९ मा स्थापित रेष्ट एक गैरसरकारी संस्था हो ।
बालबिबाह, मानव बेचविखन लगाएत अन्य लैङ्गिक हिंसाको न्युनिकरण गर्ने उदेश्यले अमेरीकन हिमालयन फाउण्डडेशनको सहयोगमा रेष्टले जोखिम पर्न सक्ने बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्न सेभ द गर्ल फ्रम ट्राफिकिङ र ईन अनर अफ अमर कार्यक्रम संचालन गर्दै आएको छ ।
नेपालका ७ प्रदेश अन्र्तगत १८ जिल्लामा आव २०७७÷७८ मा संचालित यी कार्यक्रमहरुबाट करीब् १२ हजार ५ सय छात्राहरु प्रत्यक्ष लाभान्वित भैरहेको बताईएको छ । जोखिम न्युनिकरणका लागी एसजीटी कार्यक्रम अन्र्तगत कक्षा १ देखी १० सम्म अध्यान गर्न यो सस्थाले सहयोग गर्ने गरेको छ । यस्तै अमर कार्यक्रम अन्र्तगत बालिकाहरुलाई कक्षा ११ र १२ मा र प्राविधिक शिक्षाका निम्ति सहयोग गर्दछ । कार्यक्रममा अध्ययन गराएका विध्यार्थीहरु के गरीरहेका छन, कता गएका छन भन्ने थाहा पाउन निगरानी गर्न पनि रेष्टलाई आग्रह गरीएको थियो । छनौट प्रक्रियालाई गहन ढंगबाट गर्न आग्रह गर्दै जोखिम र गरीब बालबालिकाहरुलाई प्राथमित्तामा राख्न आग्रह गरीएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले जोखिम बालबालिकाहरुलाई शिक्षा दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरेका थिए । शिक्षामा बजेट प्रशस्त राखिएको बताउदै शिक्षा जस्तो पवित्र कार्यमा आफुहरुको भरपुर सहयोग हुने बताएका थिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सानुकाजी लुईटेल, जनस्वास्थ्य अधिकृत भीमसागर गुरागाई, कैलास गाँउपालिकाका अध्यक्ष लोक मोक्तान, मनहरी गाँउपालिकाका शिक्षा अधिकृत हरिचन्द्र सापकोटा, राक्सिराङ्ग गाँउपालिका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, प्रहरी निरिक्षक चुडा खड्का,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएतको सहभागीता रहेको थियो ।