हेटौंडा / हेटौडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले तिनै तहका सरकारको प्रतिपक्ष पत्रकार रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार हेटौडामा आयोजना गरिएको संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारले सरकारको प्रतिपक्ष भएर काम गर्नुपर्नेमा जोड दिनु भयो । बिचार फरक भएपनि पेशाप्रति ईमान्दारीता गराउन सकेमात्र निष्पक्ष पत्रकारीताको स्लोगन चरित्रार्थ हुने उहाँले बताउनु भयो । उहाँले पत्रकार हरुलाई निष्पक्ष भएर ढुक्क संग कलम चलाई सुचना प्रबाहमा भुमिका खेल्न र नागरीकलाई सचेतना गराउन आग्रह गर्नु भयो । उहाँले हेटौंडा उपमहानगरपालिकाले संचार माध्यमका लागि समानुपातिक विज्ञापन प्रणालीलाई सुरुवात गरिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खडका, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट,बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,नानीमायाँ कार्की सम्झना,हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बाल कृष्ण चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल लगायतले वर्तमान सन्दर्भमा संचारजगत, संचारकर्मीको अवसर चुनौती र सम्भावनाबारे चर्चा गर्नु भएको थियो । कार्यक्रममा पत्रकार सुनिल शिवाकोटी, जि न्यौपाने लगायतले सामाजिक संजालले पत्रकारितामा उब्जाएको समस्या,अवसर र वदलिदो समयमा र आर्थिक संकटमा देखा परेको चुनौतीको बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस नेपालका अध्यक्ष मनोज ढोडरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षहरु नवराज शर्मा,भानुभक्त आचार्य,हरी हुमगाई लगायत विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो। हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आयोजित अन्तरक्रिया नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएके थियो ।