हेटौंडा \ नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो।
साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन,सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। महासंघले १८ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका २ जना पत्रकारहरुलाई नगद रु ५ हजार ५५५ र प्रशंसापत्रसहित सम्मान गरेको छ । पार्वती/मान/बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार-२०८० बाट नवराज शर्मा तिमल्सिना र महासंघका संस्थापक अध्यक्ष न्युछ्येमान श्रेष्ठको स्मृतिमा स्थापना गरेको पुरस्कार न्युछ्येमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८० बाट राजधानी दैनिककी पत्रकार सरिता दाहाललाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, सुनिल खडका, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट ,नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा ,प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारी, प्रेस संगठन मकवानपुर अध्यक्ष अञ्जली थापा,प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई,स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा,जिल्ला वार एसोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, वानका उपाध्याय उज्ज्वल चौलागाई ,महासंघका पुर्व अध्यक्ष नवराज शर्मा, निवर्तमान अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभामा प्रस्तुत गरिएका आर्थिक र प्रगति प्रतिवेदन बहुमतले पास गरिएको छ ।