हेटौडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवामा लगानी गर्न सके देशमा समृद्धि आउने बताउनु भएको छ । हेटौंडामा आज देखि सुरु भएको दोश्रो युवा सम्मेलनको उद्घाटन् गर्नुहुदै मुख्यमन्त्री जम्मकट्टेलले नेपालको शिक्षा प्रणाली प्रयोगात्मक नभएकाले अब्यबहारिक भएको बताउनु भयो । हाम्रो परिक्षा प्रणाली सहि नभएको भन्दै उहाँले बिध्यार्थीहरु फेल गर्ने परिपार्टी गलत भएको औल्याउनु भयो । उहाँले सैदान्तिक शिक्षा भन्दा ब्यबहारिक शिक्षामा जोड दिन सके उधमशिल्ता हुन सकिनेमा जोड दिनु भयो । कृषि पेशालाई उधमशिल्तामा लैजानसके युवाहरुलाई बिदेश जानबाट रोक्न सकिने बताउनु भयो ।
कृषि क्षेत्रलाई निर्वाहमुखी बनाउन सके ठुलो फडको मार्न सकिने उहाँले बताउनु भयो । उधमशिल्ताको पहिलो आधार कृषि पेशा रहेकाले यसमा जोड दिन उहाँले आग्रह गर्नु भयो । युवाहरु निरास भएर बिदेशीने लामलस्कर देखिएकाले देशमै कृषि,पर्यटन,उर्जा र आईटी क्षेत्रमा उधमशिल्ता बढाउन युवाहरुलाई मुख्यमन्त्री जम्मकट्टेलले निरासा भन्दा आसाबादी भएर अगाडी बढ्न जोड दिनु भयो ।
सम्मेलनको उद्घाटन हुनुअघि आज बिहान हेटौंडामा बाजा र झाकी सहित हेटौंडा बजार परिक्रमा गरिएको थियो । बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य सहित हेटौँडामा युवा सम्मेलन आयोजना गरिएको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो ।
सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता रहेको उहाँले बताउनु भयो । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गरेको हो । जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी,आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलाहरुलाई सहभागी गराइएको छ । सम्मेलनमा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले युवाको वृहत हितका लागि सम्मेलन गरेको बताउँनुहुदै उहाँले युवामा लगानी गर्न सके देशमा समृद्धि आउने बताउनु भयो ।
सम्मेलनमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठ, प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंसाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाको आतिथ्यता रहेको थियो । सम्मेलनमा प्रदेश नीतिका विषय, एआई, साइबर अपराध लगायतका विषयमा पनि छलफल गरिने उपाध्यक्ष चौलागाईले बताउनु भयो । युवा सम्मेलन पश्चात २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागाईले बताउनुभयो ।