हेटौंडा \ नेवाः गुठी खलः हेटौंडा-११ को तेस्रो वार्षिक साधारण सभा शनिबार भएको छ । खलःका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारका उर्जा, खानेपानी तथा सिँचाइ मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
कार्यक्रममा हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहाल, नेवाः गूठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे, नेवा संस्कृति पुचका अध्यक्ष सुन कुमार मानन्धर, मकवानपुर नेवाः गूठी खलः का उपाध्यक्ष मेनका श्रेष्ठ, महासचिव देव कुमार श्रेष्ठ, सहकोषाध्यक्ष शर्मिला श्रेष्ठ, यस खलः का सल्लाहकार फुलमान श्रेष्ठ, भीम श्रेष्ठ, हस्तलाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायण लाल श्रेष्ठ ,नेवाः गूठी खलः नगर समितिका उपाध्यक्ष शिवनारायण श्रेष्ठ, टोल विकास समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य र स्मारक विकास समितिका व्यवस्थापक रामचन्द्र न्यौपानेको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा नेवाः गूठी खलः को वार्षिक प्रगति प्रतिवेदन र आगामी योजना प्रस्तुत गरिएको थियो ।
सहभागि वक्ताहरुले नेवा समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षणको लागि नेवाः गुठी खलः महत्वपूर्ण भुमिका खेलिरहेको र अझ यसलाइ प्रभावकारी रुपमा अगाडि बढाउन सबैको साथ सहयोगको आवश्यता रहेको बताएका थिए । सोही अवसरमा कार्यक्रममा नेवाः गुठी खलः मकवानपुरका महासचिव देव कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो भने सभामा करिब एक सयजनाको सहभागीता रहेको थियो ।