बागमती \ नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कांग्रेस बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिनाको अध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आथित्यतामा क्रियाशिल नविकरण, योजना कार्यान्वयन, पार्टीको सांगठनिक अवस्था, बजेटलगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
बागमती प्रदेश सभापति बानियाँले बागमती गाउँपालिकामा संघीय, प्रदेश र स्थानीय सरकारले गरेका विकास निर्माण, स्थानीय समस्याको पहिचान एवं समाधानका साथै कांग्रेसको भावी रणनीति बारे छलफल गर्नुभएको थियोे । अन्तरक्रिया एवं क्रियाशिल वितरण कार्यक्रममा मकवानपुरको पूर्वी क्षेत्रमा भएका योजना कार्यान्वयनको अवस्था, बजेटको स्थिति र सङ्गठन सुदृढीकरण र कांग्रेसको भावी रणनीतिलगायतका विषयमा वडा सभापतिहरु, जनप्रतिनिधि र अगुवा कार्यकर्ताबीच छलफल भएको थियो।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, सहसचिव ईन्दिरा न्यौपाने, बागमती प्रदेश सदस्यहरु चम्फुरत्न लामा, भक्तबहादुर राई, जानुकी लामा, जिल्ला सदस्यहरु कालू घलान, शेरबहादुर राना, डम्बरबहादुर बिश्वकर्मा, नवराज खतिवडा, प्रतिनिधिसभा १ का संघीय सभापति दामोदर खनाल, प्रतिनिधिसभा १ क का सभापति शुशान्तकुमार श्रेष्ठ, बागमती गाउँपालिका सचिव शंकर पराजुली, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, नेपाल तरुण दल मकवानपुरका कार्यबहाक अध्यक्ष सन्तोष सापकोटा, स्थानीय नेताहरु डिल्ली घोरासैनी, जगतबहादुर भ्लोन, भानु सोराली मगरलगायत वडा सभापतिहरु, कांग्रेसबाट जितेका जनप्रतिनिधिहरु, अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।