लालबन्दी \ नेपाल मोवाईल व्यवसायी महासंघ मधेश प्रदेश अन्तरगत सर्लाहीको लालबन्दीमा शनिबार शाखा विस्तार गरिएको छ । महासंघका मधेश प्रदेश अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बसेको भेलाले आकाश कुमार श्रेष्ठको अध्यक्षतामा १७ जनाको समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा लालबाबु साह, महासचिवमा बैजु साह, सचिवमा रामप्रवेश साह रौनियार, कोषाध्यक्षमा खेमचन्द्र थापा र सह कोषाध्यक्षमा विजय कुमार लामा चयन भएका छन् ।
समितिको सदस्यहरुमा राम विश्वास महत्तो, उत्तम कुशवाह, हसरत अलि, पप्पु साह, पदम घिमिरे, अर्जुन कुमार महत्तो, विकास बराल, ग्रीवराज त्रिपाठी, मन्देश्वर कुशवाह, दीपेन्द्र महत्तो र समर लामा चयन भएको निर्वाचन आयुक्त महासंघका केन्द्रीय सदस्य दिनेश लामाले बताए ।
महासंघ केन्द्रीय सदस्य छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलामा सर्लाही जिल्लाका मोवाईल व्यवसायीहरुको उपस्थिती रहेको थियो । तराई क्षेत्रका मोवाईल व्यवसायीहरु एकजुट हुनका लागि र आइपर्ने समस्या समाधानका लागि महासंघको जिल्ला जिल्लामा शाखा विस्तार गरिएको प्रदेश अध्यक्ष कार्कीले बताए ।