हेटौडा उपमहानगरपालीकाका मेयर मिनाकुमारी लामाले खेल क्षेत्रको विकाशका लागी दक्ष खेलाडीहरु उत्पादन गर्न सरोकारवालाहरुमा आग्रह गरेकी छन् । उनले यो आबमा ६ करोड २९ लाख बजेट खेल क्षेत्रको लागी छुटाएको बताउदै यो सुरुवात भएको जनाएकी हुन् ।
नागस्वती भेट्रान्स क्लबले शनिबार देखी सुरु गरेको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको उदघाटन गर्दै मेयर लामाले उपमहानगरमा अब खेलाडी उत्पादनमा जोडदिन सरोकावालाहरुलाई आग्रह गरेकी हुन् ।
उनले विकास योजनाका कामहरु सुरुहुनु अगाबै अनाआवश्यक उजुरीहरु अख्तियारमा पर्न थाल्नाले योजनाहरु अगाडी बढाउन समस्या पर्ने बताइन् । चारैतीरबाट काम गर्नु भन्दा पहिलानै प्रहार हुन थालेपछी जनप्रतिनिधिहरुलाई काम गर्न जोशजाँगर नहुने उनले बताइन् । नागस्वती भेट्रान्स क्लबले सुरु गरेको फुटबल खेलले युवा खेलाडीहरुलाई समेत प्रोत्साहन मिल्ने बताउदै आगामी दिनहरुमा यस प्रतियोगिताको लागी उपमहानगर साझेदार गर्न तयार रहेको बताइन् ।
उनले यो खेलका लागी उपमहानगरबाट यस वर्ष ५ लाख बजेट उपलब्ध गराउन आफुहरु तयार रहेको समेत बताइन् ।कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले यस वर्ष हेटौढा उपमहानगरले खेलकुद एकेडेमी बनाउन ७५ लाख बजेट बिनियोजन गरीसकेको बताउदै अब नागस्वती खेल मैदानलाई प्याराफिट बनाउन उपमहानगरपालिका लागीपर्ने बताए ।
उद्घाटनमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर गौतम, ६ नम्बर वडा अध्यक्ष विष्णु बहादुर दाहाल,८ नम्बर वडा अध्यक्ष राम थापा, ९ नम्बर वडा अध्यक्ष सुकुराम केसी, जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष भेष खड्गी, जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएतले खेलको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा नागस्वती भेट्रान्स क्लबका उपाध्यक्ष गोकुलनाथ पौडेलले स्वागत गरेका थिए भने क्लबका अध्यक्ष सोमबहादुर तितुङको अध्यक्षतामा भएको थियो । हेटौंडा ७ नागस्वती खेल मैदानमा आयोजना भएको प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्टि«य खेलाडीहरुको १८ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको छ ।