हेटौंडा \ मकवानपुरमा रहेका बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्षहरुको शनिबार हेटौंडामा भेला भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको भेला संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको हो ।
बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयका सहकारी महाशाखा प्रमुख रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख अतिथ्यता रहेको थियो भने हेटौंडा उपमहानगरका सहकारी विभाग प्रमुख हिम प्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला भरीबाट संघमा आवद्ध रहेका ६२ वटा साकोसका कोषाध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोषाध्यक्षको काम, कर्तव्य र अधिकार, कोभिड पछि देखिएका समस्याहरू, सहकारी क्षेत्रका वर्तमान समस्याहरु, सहकारीमा हुनसक्ने अनियमितता, संकास्पद पक्षहरू, हिसाब चेक एवं सदर गर्दा ध्यान दिनु पर्ने कुराहरु, बैंक रिकन्सिलेसन रिपोर्ट अनिवार्य गर्न आह्वान, जिज्ञासा, जिज्ञासा उपर छलफल, आगामी तालिम योजनाबारे संघका अध्यक्ष कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।
भेलामा संघको संस्थागत परिचय, आगामी योजना सम्बन्धमा व्यवस्थापक सुमित्रा वाईबाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा संघका कोषाध्यक्ष विष्णु माया लामाm सदस्य शर्मिला महत, हिमाल पौडेल, शंकर प्रसाद कालाखेती लगायतको उपस्थिती रहेको थियो ।