मनहरी \ मकवानपुरको मनहरी गाउँपालिकाले बुधबार गाउँपालिकाको १५ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले नीतिगत रुपमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार भन्ने मूल नाराका आधारित रही आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
नीति तथा कार्यक्रममा विपन्न परिवारका सदस्यको मृत्यु हुँदा परम्परा अनुसारको दाह संस्कारका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने समेटिएको छ । कतिपय विपन्न मानिसहरु आर्थिक अवस्थाका कारण काजक्रिया गर्न कठिन रहेकाले कार्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताउनुभयो ।
उहाँले गाउँपालिकाले आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलियत दिने नीति ल्याइएको बताउनुभयो । गाउँपालिकाको सिफारीस वा परिचयपत्रको आधारमा गरिब तथा विपन्न नागरिकलाई भाडा छुटका लागि सार्वजनिक यातायात व्यवसायीसँग सम्झौता गर्ने बताउनुभयो ।
गाउँपालिकाले सामाजिक विकास लक्षित विशेष नीति तर्जुमा गरी वजेटमा समावेश गर्ने लक्ष्य लिएको अध्यक्ष कालाखेतीले भन्नुभयो । हामीले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएसँगै सोही अनुरुप बजेट निर्माण गर्नेछौँ, अध्यक्ष कालाखेतीले भन्नुभयो ।
गाउँसभामा चालुआवमा भएका प्रमुख उपलब्धी कार्याक्रम र सम्पन्न भएका योजनाहरुबारे जानकारी समेत गराउँनुभएको थियो । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट तथा कार्यक्रमको प्राथमिकता र मार्गदर्शन, पन्ध्रौ योजनाले परिलक्षित गरेका प्राथमिकताहरुलाई आत्मसाथ गर्दै अघिबढ्ने गाउँपालिकाको लक्ष्य रहेको बताउनुभयो ।
यस्ता छन् नीति तथा कार्यक्रम