हेटौंडा ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा शनिबार देखी सुरु भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आइतबार बिहान भएको पहिलो खेलमा हेटौंडा भेट्रान्स क्लब बिजयी भएको छ । खेलको १९ औ मिनेटमा हेटौंडा भेट्रान्सका तर्फबाट अजय मानन्धरले गरेको गोलनै खेलको निणायक गोल हुन सफल भएको थियोे ।
खेलमा हेटौंडा भेट्रान्सका नवराज बज्राचार्य उत्कृष्ट खेलाडी हुँदै म्यान अफ द म्याच हुन सफल भएका थिए । यस्तै आईतबार दिउसो भएको दोश्रो खेलमा काल भैरव भेट्रान्स हेटौडाले अभिषेकचर्च भेट्रान्स नवलपरासीसंग हार बिहोर्नु परेको छ । खेलमा अभिषेकचर्च भेट्रान्सका तर्फबाट जर्सी नम्बर १० का मनोज लामाले खेलको २६ औ मिनेटमा गोल गरेका थिए भने खेलको २९ औ मिनेटमा जर्सी नम्बर १५ का तोयाराम भुजेलले गोल थप्दै टिमलाई अग्रता बनाएका थिए ।
खेलमा गोल फर्काउने धेरै प्रयासहरु भएपनि कालभैरबले फर्काउन सकेन र दुई सुन्यका फरकमा हार बिहोर्न बाध्य भएको थियो । यो खेलको म्यान अफ द म्याच अभिषेकचर्च भेट्रान्सका तोयाराम भुजेल हुन सफल भएका थिए । यस्तै आजको तेश्रो खेलमा भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्स बीच निकै रोमान्चक खेल भएको थियो । खेलको १३ औ मिनेटमा कोटेश्वर ११ भेट्रान्सका जर्सी नम्बर ८ का हरीहर थापाले पहिलो गोल गरेका थिएभने खेलको २० औ मिनेटमा अनगोल हुन गई कोटेश्वरको सुसाईड गोल थप गोल हुन सफल भएको थियो ।
यस्तै खेलको ३८ औ मिनेटमा कोटेश्वरका तर्फबाट जर्सी नम्बर ११ का नारायण कार्कीले अर्को गोल गरेका थिए भने खेलको अन्तिम समयमा जर्सी नम्बर १० का शसी रिमालले गोल थप गर्दै टिमलाई बिजयी बनाउन सफल भएका थिए । यस खेलमा सिमारा भेट्रान्सका तर्फबाट जर्सी नम्बर ३७ का गोपीराम भटले खेलको १४ र १७ मिनेटमा २ गोल गर्न सफल भएका थिए । अन्तत यस खेलमा कोटेश्वर भेट्रान्स चार दुईको फरकमा बिजयीहुन सफल भएको थियो ।
यस खेलमा कोटेश्वर भेट्रान्सका हरीहर थापा म्यान अफ द मयाच हुन सफल भएका थिए । यस्तै आईतबारको चौथो खेलमा ठमेल चिया पप भेट्रान्स बिजयी हुन सफल भएको छ । खेलमा वीरगञ्ज सिटी भेट्रान्सलाई चार सुन्यको फरक अन्तरालमा हराउन सफल भएको थियो । खेलको ९ औ र २१ मिनेटमा सुरज कार्कीले दुई गोल गरेका थिएभने खेलको ३६ औ र ४० औ मिनेटमा लक्ष्मी याकाले २ गोल गर्दै टिमलाई चार सुन्यको अन्तरमा बिजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच लक्ष्मी याका घोषित भएका थिए । आईतबारको पहिलो खेल चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीच बर्षातका कारण रोकिएका कारण सो खेल सोमबार बिहान ९ बजे हुने आयोजकले जनाएको छ ।
खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ठ खेल्ने एकजना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्टि«य खेलाडीहरुको १७ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए । सोमबार बिहान ७ बजे नाग्श्वती भेट्रान्स बि र बिरगंग एकेडेमी भेट्रान्स बिच हुनेछ भने दोश्रो खेल बिहान ८ बजे हेटौडा भेट्रान्स र बगरभाई खलक भेट्रान्स पोखरा बीच हुनेछ यस्तै तेश्रो खेल बिहान ९ बजे चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीच हुनेछ भने चौथो खेल दिउसो २ बजे अभिषेक चर्च भेट्रान्स नवलपरासी र सानो गौचरण नाईटकिग कलब भेट्रान्स बिच हुनेछ ।
यस्तै पाचौ खेल दिउसो ३ बजे नागश्वती भेट्रान्स ए र ठमेल चियापप भेट्रान्स बिच हुने तालिका रहेको छ भने अन्तिम तथा छैटौ खेल हेटौडा भेट्रान्स र बगरभाई भेट्रान्सको बिजयी टिम संग थापा गाँउ भेट्रान्सले खेल खेल्ने तालीका रहेको छ । साथै सोमबारबाट क्वाटर फाईनल खेल सुरुहुने बताईएको छ ।