मनहरी \ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजनामा मनहरी गाउँपालिकाको विभिन्न क्षेत्रमा बृहत सरसफाई कार्यक्रम गरेको छ । बुधबार ८०७४ औँ विश्वव्यापी वातावरण सरसफाइ अभियानको अवसरमा सरसफाई कार्यक्रम गरिएको हो ।
विश्व सुसमाचार समाज मकवानपुरका संयोजक पर्शुराम तिम्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ८का वडा अध्यक्ष नारायण उप्रेती, ७ का वडा अध्यक्ष ठाकुर तितुङको विशेष आतिथ्यता रहेको थियो ।
सरसफाई कार्यक्रममा विभिन्न शैक्षिक,सामाजिक, व्यावसायिक, प्रशासनिक,राजनितिक, सुचना तथा सञ्चार क्षेत्रमा कार्यरत ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा करिब दुईसय भन्दा बढी स्वयम सेवकहरूको सहभागीता थियो ।
सरसफाई कार्यक्रम मनहरी गाउँपालिका बजार क्षेत्र र महेन्द्र राजमार्ग वरपर क्षेत्र सरसफाइ गरी सफा वातावरण स्वस्थ जीवन भन्ने नाराका साथ कार्यक्रम गरिएको कार्यक्रम संयोजक पर्शुराम तिम्सिनाले बताए । यस संस्थाले विश्वव्यापी वातावरण सरसफाइ अभियान अन्तरगत जलवायू परिवर्तन न्यूनीकरणको लागि सरसफाइ तथा प्लास्टिक फुट पिन्ट मेटाउने, वृक्षारोपण जस्ता अभियान कार्यक्रम गर्दै आएको तिम्सिनाले बताए ।
परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३७ लाख भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड १९का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित चौवीस हजार पाँच सय पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै आएको छ । यो मण्डलीले मुख्य रूपमा पिता परमेश्वर र माता परमेश्वरलाइ विश्वास गर्दै ख्रीष्टको प्रेमलाई व्यवहारमा कार्यान्वयन गरिरहेको उनले बताए ।
ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति ओबामा, ट्रम र वाइडेनबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (सर्वोत्कृष्ट सङ्गठन अवार्ड, त्रिपन्न ५३ वटा स्वर्ण अवार्डहरू), गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ३८ सय वटा भन्दा बढी अवार्डहरू प्राप्त गरेको अध्यक्ष तिम्सिनाले बताए । मण्डलीले नेपालमा पनि केही प्रशंशा पत्रहरू पाएको छ ।