आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली सार्बजनिक गरिएको छ । अहिले माननीय बन्न काङ्ग्रेस भित्र हानथाप चलेको छ । कतिले आफ्नो नाम नभेटेपछि फेसबुकमै भएपनि काङ्ग्रेस मकवानपुरले सार्वजनिक गरेको नाम प्रती खिल्ली उडाइरहेका छ्न । नाम सार्वजनिक भएसङै मकवानपुरमा अब टिकट हत्ताउन आफ्ना आफ्ना नेता गुटउपगुट भित्र कम्बर कसेर लागि परेका छ्न । यो पटक जसरीनि माननिय हुनुपर्छ भन्दै घमण्ड बोकेर केही नेताहरु चाप्लुसीमा पनि लागी परेको भन्ने खबर छ । कांग्रेस भित्र आफुले पाए ठिक अरुले पाए बेठिक भन्ने घमण्डको नितिले मनको बाघलाई खाईरहेको आभास अहिले देखिएको छ ।
अहिलेको समयमा नाम चलेका र काम गर्न सक्ने समाजमा भिजेका ब्यक्तीलाई मात्र टिकट दिए चुनाब जित्न सकिन्छ होईन भने योगदान र त्यागको कुराले मात्र चुनाबमा सफल्ता हात नलाग्ने परिस्थीती छ । यस्तो बेला मिलेर अगाडी बढनु सटा टिकट नपाए देखाईदिन्छु भन्ने नितिले पनि मकवानपुरमा कांग्रेसको शाख जोखिन गार्हो अबस्था हुन जान्छ । सामाजीक संजालहरुमा अहिले नाम सिफारीस भएका आधारमा कांग्रेसका नेताहरु टिकक पाउनु कहिले कहिले नाम सिफारीसकै आधारमा ठुलाठुला फोटा हालेर समाचार देखी फेसबुक सम्म रंगाईरहेकाछन् । आफुले आफैलाई प्रचार गर्ने शैली पनि गतिलो भएको छ । फोन गरीगरी फोटो हालेर समाचार बनाउन पनि कतिले बाँकी राखेनन् । पार्टी भित्रको निर्वाचनबाट स्थानिय निर्वाचन सम्म आईपुग्दा कांग्रेशभित्रको आन्तरीक कलहले पार्टी छोडनेहरुको लाईन पनि बनिरहेको छ ।
कांग्रेशीहरुमा न चेत छ न बिबेकशिल्ता छ । चेत र बिबेकशिल्ताको अभावले अहिले पार्टी प्रति आउने नयाँ कांग्रेसीहरुलाई समेत बितृष्णा बनाएको देख्न सकिन्छ । ईतिहास बोकेको यो पार्टीमा मकवानपुरमा नयाँ शाख जन्माउने दाउ यो पटक पनि तुईहिने होकी भन्नेमा शंका लाग्छ । गठबन्धनको झुण्डले अगाडी बढेको कांग्रेश अहिले बाधिएर बढने कि फुकाएर दोधारमा छ । कांग्रेशले मकवानपुरमा प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार तर्फ यो पटक क्षेत्र नम्बर १ मा ४ जनाको नाम सिफारीस गरेको छ । महालक्ष्मी डिना उपाध्याय,ईन्द्रबहादुर बानियाँ,माईकल रामचन्द्र अर्याल,जयराम लामिछानेको नाम सार्वजनिक गरीसकेको छ । यस्तै प्रतिनिधिसभा समानुपातिक उम्मेदवार तर्फ क्षेत्र नम्बर १ मा १० जनाको नाम सिफारीस गरेको छ ।
रघुरमण न्यौपाने,विष्णुप्रसाद लामिछाने,गोपीलाल वि.क,नारायण लम्साल,पवित्रा वि.क,सुवातसिं थिङ, गिता राई,संजिता सिग्देल,सुदिप बर्तौला,राजकुमार जिएम,राजकुमार वाईबा रहेका छन् । यस्तै प्रदेशसभा प्रत्यक्ष उम्मेदवार तर्फ क्षेत्र नम्बर १ को ख मा ४ जनाको नाम सिफारीस गरेको छ । दामोदर खनाल,मिठाराम दाहाल,भूमिनन्द गौतम,शिवप्रसाद खतिवडा । यसै गरी प्रदेशसभा समानुपातिक उम्मेदवार तर्फ क्षेत्र नम्बर १ को क मा १६ जनाको नाम सिफारीस भएको छ । ताराचन्द्र बजगाई,भक्तबहादुर राई,रामबाबु बानियाँ,शेरबहादुर भोलन,सुशान्तकुमार श्रेष्ठ,रामशरण माझी, दामोदर सुवेदी,अनिल बि.क,उर्मिला पुलामी,सुनिता राई,मानबहादुर पाटा मगर,तुलसीराम लामिछाने,मोहनप्रसाद ढकाल ,भानुमाया ठाडा ,शेरमान घलान,तेजप्रसाद घिमिरे रहेकाछन् । उता प्रदेशसभा प्रत्यक्ष उम्मेदवार तर्फ क्षेत्र नम्बर १ खा मा ढ जनाको नाम सिफारीस गरीएको छ ।
बुद्ध लामा,प्रभात कुमार दाहाल,अशोकराज शाक्य,ईश्वरकुमार पाठक,आनन्दराम पराजुली,तारानाथ चौलागाई,होमनाथ गौतम,अर्जुनप्रसाद चौलागाई ,अञ्जना उपाध्याय रहेका छन् । प्रदेशसभा समानुपातिक उम्मेदवार तर्फ क्षेत्र नम्बर १ ख मा पनि १३ जनाको नाम सिफारीस छ । ईन्दिरा न्यौपाने,विष्णुप्रसाद लामिछाने,चम्फुरत्न लामा,प्रदिप कोइराला,राधा कोईराला,ताराकुमारी राई कार्की,लक्ष्मीदेवि श्रेष्ठ,कविन सांगामी,अमृता थापा मगर,लक्ष्मी थिङ,कालु घलान ,डोल्मा स्याङबो लामा,मुना कुमारी पाठक,शर्मिला श्रेष्ठ ,रमेश गिरी,विरोध मोक्तान रहेकाछन ।
प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार तर्फ क्षेत्र नम्बर २ मा ४ जनाको नाम सिफारीस छ । ईन्द्रबहादुर बानियाँ, महालक्ष्मी डिना उपाध्याय,माईकल रामचन्द्र अर्याल,जयराम लामिछाने रहेकाछन् । प्रतिनिधिसभा समानुपातिक उम्मेदवार तर्फ क्षेत्र नम्बर २ मा पनि ५ जनाको नाम सिफारीस भएको छ । उदयमोहन श्रेष्ठ,आनन्द कठायत,उमा दाहाल,सन्त बहादुर प्रजा,गोरीमाया लामा रहेका छन । उता प्रदेशसभा प्रत्यक्ष उम्मेदवार तर्फ क्षेत्र नम्बर २ को क मा ८ जनाको नाम सिफारीस छन् । भीम लामा,यतिराज सापकोटा,ईश्वरनाथ पौडेल,योगेन्द्रमान श्रेष्ठ,महेन्द्र राउत,ओमबहादुर बस्नेत,रञ्जन कठायत,राज मैनाली रहेकाछन् ।
प्रदेशसभा समानुपातिक उम्मेदवार तर्फ क्षेत्र नम्बर २ क मा १९ जना जम्बोटोली सिफारीस छ । कृष्णभक्त श्रेष्ठ,राजेन्द्र विडारी,खड्गबहादुर गोपाली,गोपीराम बल,भरत लामा,जानकी गिरी ,निलम देवकोटा,शान्ता वि.क,रामचन्द्र थिङ,विश्वलाल वाईबा,मदन जोशी,पुरुषोत्तम वि.क,बुद्धिबहादुर सिंजाली,राममाया के.शी,रमेश रोनियार,ईश्वरी शाही ठकुरी,भवानी प्रधान,समिता सुनार रसाईली,रुपक बानियाँ रहेकाछन् । यता प्रदेशसभा प्रत्यक्ष उम्मेदवार तर्फ क्षेत्र नम्बर २ ख मा ४ जनाको नाम सिफारीस रहेको छ ।
ईन्द्रबहादुर बानियाँ,बुद्ध लामा,ईश्वरकुमार पाठक,शंकर न्यौपाने रहेकाछन् । प्रदेशसभा समानुपातिक उम्मेदवार क्षेत्र नम्बर २ को ख मा १८ जनाको नाम सिफारीस छ । रामकृष्ण चेपाङ प्रजा,गोपीलाल विश्वकर्मा ,खेमबहादुर प्रजा चेपाङ,जानकी लामा तामाङ,चित्रबहादुर थापा,राजेश भेटवाल,विष्णुराम चेपाङ,नवराज सुवेदी,बच्चुमाया नेगी ,खुलबहादुर नगरकोटी,जानुकी लामा,नवराज उप्रेती ,पशुपति रिजाल,मिरा स्याङतान,निर्मला हिमडुङ,तेजराज उप्रेती,जयकान्त प्रजा र लालबहादुर वाईबा रहेकाछन् । सरसर्ती नाम हेर्दा लाग्छ पार्टीले थुमथुमाउन भएपनी सिफारीस गरेको हो ।
कार्यकर्तालाई नाम सिफारीस हुदाँ पनि आफनो पार्टी प्रति दायित्व थप हुने र हौसला थपिने भएकाले धेरै नामहरु सिफारीस गरीएको पार्टी श्रोतले बताएको छ । यो पटक काँग्रेसले गठबन्धन हुदा एउटा प्रत्यक्ष अनि २ वटा प्रदेशसभाको टिकट पाउने श्रोतले बताएको छ ।