हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघले शनिबार २१ औँ राष्ट्रिय धान दिवस मनाएको छ । उक्त कार्यक्रम संघको कृषि प्रवद्र्धन समितिले संयोजन गरेको थियो । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्त्री मोक्तानले धान दिवसको कार्यक्रम मनाइरह“दा कृषिको महत्व र किसानको कामको सम्मानको सन्देश प्रमुख भएको बताईन् । उनले हाम्रा खेतबारी भएपनि खाली राखी किनेर खाने स्वभावले परनिर्भर बनाउ“दै लगेकाले सुध्रिनुपर्ने भनाइ राखेकी थिइन् । उनले बागमती प्रदेश सरकारको बजेट भर्खरै पास भएको र त्यसमा समुदायमा आधारित कृषि कार्यक्रमको लागि बजेट व्यवस्था गरिएको बताइन् ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले राष्ट्रिय धान दिवस २०८१ को सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए । गर्नुभएको थियो । उनले किसानको कर्मको प्रशंसा गर्दै किसानकै परिश्रमले हामी बाँचिरहेको बताए । उनले किसानको मेहनतले गर्दा सहर र विज्ञान, प्रविधिको प्रगति गर्न सहज भएको, किसानको सत्कर्म, मेहनत, परिश्रम र लगनशीलतालाई राज्यले लगानी, सुविधा र प्रविधि उपलब्ध गराई किसानको कृषिलाई व्यवसायिक बनाउन प्रोत्साहित गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा १७ का वडा अध्यक्ष उद्धव सत्याल, हेटौँडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका पूर्व सभापति तथा मउवा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीको आतिथ्यता रहेको थियो । कार्यक्रममा मउवा संघका पदाधिकारी तथा सदस्यहरु, कृषि प्रवद्र्धन समितिका सदस्यहरु, महिला उद्यमीहरु, कृषक तथा स्थानीयहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।