हेटौंडा ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा शनिबार देखी सुरु भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको सोमबार ६ खेल सम्पन्न भएको छ । सोमबार बिहान भएको पहिलो खेलमा नागश्वती भेट्रान्स बि बिजयी भएको छ । बिरगंज एकेडेमी भेट्रान्स र नागश्वती भेट्रान्स बि बिच भएको खेलमा पाँच सुन्य गोलको फराकिलो अन्तरमा नागस्वती भेट्रान्स बि बिजयी भएको हो । खेलको पहिलो र ३७ औ मिनेटमा जर्सी नम्बर ९ का निमा लामाले २ गोल गरेका थिए भने खेलको १९ औ मिनेटमा कृष्ण शाक्यले एक गोल,खेलको २८ औ मिनेटमा बिकर्ण शाक्यले एक गोल गरेका थिए । खेलको २१ औ मिनेटमा थप एक गोल सुसाईड अर्थात अनगोल भएको आयोजकले बताएको छ । यो खेलको म्यान अफ द म्याच कृष्ण शाक्य घोषित भएका थिए ।
यस्तै आजको दोश्रो खेलमा बगरभाई खलक भेट्रान्स पोखरा बिजयी भएको छ । हेटौडा भेट्रान्स र बगरभाई बिच भएको खेलमा चार दुईको अन्तरमा बगरभाईखलक बिजयी भएको हो । खेलको ७ औ र २२ औ मिनेटमा हेटौडा भेट्रान्सका प्रसान्त पाख्रिनले २ गोल गरेका थिए भने बगरभाईको तर्फबाट खेलको २६ औ मिनेटमा शसी राईले १ गोल,२८ औ मिनेटमा मनोज गुरुगले १ गोल,३७ औ मिनेटमा ईश्वर गुरुगले १ गोल र ३८ औ मिनेटमा भरत थापाले गोल थपगर्दै समुहलाई बिजयी बनाएका थिए । यो खेलमा बगरभाईका शसी राई म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै सोमबार बिहानको तेश्रो खेल चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीच भएकोमा जोरपाटी भेट्रान्सले ३ गोल गर्दै बिजयी भएको थियो । खेलमा जोरपाटीका तर्फबाट मनोज गुरुङ्गले खेलको दोश्रो मिनेटमा र रमेश गुरुङ्गले ३ र ३७ औ मिनेटमा गोल गर्दै समुहलाई तिन सुन्यको अन्तरमा बिजयी बनाएका थिए । यो खेलमा रमेश गुरुङ्ग म्यान अफ द म्याच घोषित भएका थिए । खेलमा प्रयास गर्दा पनि चित्तवन भेट्रान्सले कुनै गोल गर्न सकेन । उता दिउसो भएको सोमबारको चौथो खेलमा सानो गौचरण नाईटकिंग कलब बिजयी भएको छ । खेलमा सानो गौचरणले अभिषेक चर्च भेट्रान्स लाई सुन्यका बिरुद्ध २ गोल गर्न सफल भएको थियो । खेलमा सानो गौचरणका तर्फबाट खेलको ३४ औ मिनेटमा जर्सी नम्बर २३ का अजय श्रेष्ठले गोल गरेका थिए भने खेलको ५० औ मिनेटमा जर्सी नम्बर ५ का नितिन गुरुङ्गले गोल गर्दै समुहलाई दुई सुन्यको अन्तरमा बिजयी बनाउन सफल भएका थिए ।
खेलको म्यान अफ द म्याच नितिन गुरुङ्ग घोषित भएका थिए । यस्तै आजको पाचौ खेलमा ठमेल चिया पप भेट्रान्स बिजयी भएको छ । आयोजक नागश्वती भेट्रान्स ए र ठमेल चियापप भेट्रान्स बिच भएको खेलमा आयोजक टिमबाट खेलको ४८ औ मिनेटमा जर्सी नम्बर ११ का सुलभ राणले एक मात्र गोल गरेका थिए भने ठमेल चिया पप भेट्रान्सका तर्फबाट खेलको ५ औ मिनेटमा जर्सी नम्बर १० का लक्ष्मी याकाले एक गोल,खेलको १९ औ मिनेटमा जर्सी नम्बर ५ का राजनलाल नेपालीले एक गोल र खेलको ४४ औ मिनेटमा कन्चन गुरुङ्गले थप एक गोल गर्दै समुहलाई तिन एकको अन्तरमा बिजयी बनाउन सफल भएका थिए । खेलमा राजनलाल नेपाली म्यान अफ द म्याच हुन सफल भएका थिए । सोमबारको अन्तिम तथा छैटौ खेलमा बगरभाई भेट्रान्स पोखरा र थापा गाँउ भेट्रान्स बिच भएको क्वाटर फाईनल खेलमा बगरभाई खलक भेट्रान्स पोखरा बिजयी भएको छ ।
बगरभाई भेट्रान्सका तर्फबाट खेलको ३,५ र २७ औ मिनेटमा जर्सी नम्बर १० का मनोज गुरुङ्गले ३ गोल गरेका थिए भने खेलको ४५ औ मिनेटमा जर्सी नम्बर ७ का ईश्वर गुरुङ्गले एक गोल र खेलको ४८ औ मिनेटमा जर्सी नम्बर १२ का राजु हमालले थप गोल गर्दै बगरभाई खलक पोखरा ५ सुन्यको अन्तरमा बिजयी हुन सफल भएको थियो । यो खेलमा मनोज गुरुङ्ग म्यान अफ द म्याच हुन सफल भएका थिए । मंगलबार बिहान पहिलो क्वाटर फाईनल खेल जोरपाटी भेट्रान्स र सानो गौचरण भेट्रान्स बिच हुनेछ भने दोश्रो खेल बिहान कोटेस्वर ११ र नागस्वती भेट्रान्स बि बिच हुने आयोजक कलबका महासचिब प्रदिप गौतमले बताए ।
यस्तै तेश्रोे खेल मंगलबार बिहान हुने पहिलो क्वाटर फाईनल खेल जोरपाटी भेट्रान्स र सानो गौचरण भेट्रान्स बिजेतासंग ठमेल चियापप भेट्रान्सले खेल्नेछ । यस्तै चौथो तथा अन्तिम क्वाटरफाईनल खेल मंगलबार बिहान हुने कोटेस्वर ११ र नागस्वती भेट्रान्स बि को बिजेता टिमसंग बगरभाई खलकले सेमिफाईनल खेल्ने तालिका रहेको महासचिब गौतमले बताए ।
खेलमा प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको क्लबका अध्यक्ष सोमबहादुर तितुङले बताए । प्रतियोगितामा १७ वटा क्लबहरुले सहभागिता जनाएका थिए । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ आयोजना गरीएको प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने बिश्वासका साथ खेल खेलाईएको बताईएको छ ।