हेटौंडा \ मकवानपुरको हेटौंडामा आउँदो शनिबार कोरा साईकल र्याली हुनेभएको छ । निरन्तर साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइडर्स क्लबले कोरा–२०२४(सातौ संस्करण) आयोजना गर्ने भएको हो ।
‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर सामुहिक रुपमा गरिने वृहत साईकल यात्राले शहरलाई साईकलसँग जोड्नुका साथै तीर्थस्थल र स्थानीय बस्तीहरुलाई पहिचान गराउने उदेश्यका साथ र्याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
करिब ५० किलोमिटर दुरीमा हुने साईकल र्यालीमा चितवन बारा, पर्सा लगाएत काठमाडौंका २ सय ५० जना भन्दा बढि राईडरहरुको सहभागिता रहने अनुमान गरिएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । सोही कार्यक्रममा खाना पछि अनविज्ञ ब्याण्डको लाइभ कन्सर्ट समेत रहेको छ ।
हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु हुने र्याली हेटौंडा बजार, सानोपोखरा, वनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकिटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी हुँदै एक्लीखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्ध चोक, राईडर्स चोक लक्ष्मण साईकल अगाडि आई सम्पन्न हुनेछ ।
च्यालेन्जमा १२ वर्ष उमेर माथिका महिला, पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । भने हालसम्म २ सय जनाले नाम दर्ता गराईसकेको अध्यक्ष ताम्राकारले बताए ।
कार्यक्रममा नि:शुल्क स्तरीय जर्सीको व्यवस्था गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि कुल ५ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।