हेटौँडा \ दीर्घरोगकाकारण आँखाको पर्दामा समस्या आउँन सक्ने भन्दै हेटौँडा उपमहानगरपालिकाले नगरका १९ वटै वडामा आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको छ । हेटौँडा समुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा टोलविकास संस्थानगर समन्वय समितिको व्यवस्थापनमा नगरका सम्पुर्ण वडामा रहेका मधुमेहका बिरामी तथा ५० वर्ष उमेर समुहका नगरवासीको आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको हो ।
मधुमेह तथा उमेर हदका कारण आँखामा समस्या आउँन सक्ने भन्दै मंगलबार हेटौँडा १९ सान्नानीटारबाट थालिएको आँखाजाँच कार्यक्रमको हेटौँडा उपमहानगरपालिकाकानगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । शिविर १९ नम्बर वडाको तीन स्थानमा सञ्चालन हुने छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले दैनिक रुपमा नगरमा बढ्दै गएका दीर्घ रोगीहरु लक्षित गरी आँखा जाँच कार्यक्रम अघि बढाएको बताइन् । नगरमा १९ वटै वडाका विभिन्न ठाउँमा पुगेर आँखाको अवस्थाबारे जानकारी लिने र उपचारमा सहयोग गर्ने नीति उपमहानगरले लिएको बताइन् । शिविरका कारण घरबाट हिँडडुलका लागि असहज भएकालाई अस्पताल सम्म जानुपर्ने समस्या हटाउँनका लागि कार्यक्रम वडातह सम्म लगिएको बताइन् ।
वडाहरुमा पुग्ने शिविरबाट नगरवासीको आँखाको अवस्था पहिचान हुने र उपचारको लागि मद्दत पु¥याउने उद्देश्य रहेको भन्दै उनले उपचारमा समस्या हुनेलाई उपमहानगरले सहयोग गर्ने बताइन् । वडाहरुमा सञ्चालन हुने शिविरका लागि उपमहानगरले अस्पताललाई आँखा जाँचको मेसिन सहयोग गरेको छ । कार्यक्रममा समुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले शिविर मार्फत आँखामा सुगर, प्रेसर सहित अन्य समस्याका बारेमा जानकारी गराइने बताए ।
अस्पतालमा आउँने बिरामीहरुको तथ्याङ्कको आधारमा हेटौँडामा दीर्घ रोगका कारण आँखामा समस्या भएको बिरामीको संख्या धेरै रहेकाले उपमहानगरसँगको सहकार्यमा शिविर सञ्चालन गरीएको बताए । आँखा परिक्षण नभएका कारण पर्दामा समस्या आए उपचारका लागि खर्च बढि लाग्नबाट जोगाउन र समयमै उपचारमालाग्न सहयोग पु¥याउन शिविर सञ्चालन गरेका जानकारी दिए ।
पहिलो दिनको शिविरमा ९० जनाको आँखाको पर्दा परिक्षण गरीएको छ । शिविरमा आएका मध्ये मधुमेहका कारण वीस जना बिरामीको आँखामा समस्या देखिएको सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधीर भद्र श्रेष्ठले जानकारी दिए ।
टोल विकास सस्थानगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१९ का अध्यक्ष नरनाथ सुवेदी, सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधीरभद्र श्रेष्ठ, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल विकास संस्था–१९ नम्बर वडाका संयोजक श्यामकुमार रिमाल, अस्पतालका प्राविधिक मीनबहादुर रोकाया लगाएतको आतिथ्यता रहेको थियो ।