हेटौँडा \ नेपालका लागि भेस्पा÷एप्रिला स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बिहीवारबाट हेटौँडा उपमहानगरपालिकामा नयाँ शोरुम जोशी अटोमोबाइल्स सञ्चालनमा ल्याएको छ । हेटौँडा क्षेत्रमा बढ्दै गएको भेस्पा\एप्रिला स्कुटरको माग र देशभर सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध गराउने उद्देश्यलेगरी नयाँ डिलरशीप सुरु गरिएको कम्पनीले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले सोरुम उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै प्रमुख लामाले व्यवसायको सफलताको शुभकामना व्यक्त गरिन् । बजारमा स्कुटरको माग प्रयोग बढ्दोले महिलाहरुले सवारी साधन प्रयोगमा समेत वृद्धि भइरहेको बताइन् ।
जोशी अटो मोबाइल्सको नयाँ शाखाबाट ग्राहकले विश्वास्तरीय भेस्पा\एप्रिला स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज र फाइनान्स सुविधा समेत रहेको जोशी अटो मोबाइल्सका निर्देशक नीता श्रेष्ठले बताइन् । नयाँ सोरूमबाट ग्राहकले सजिलै भेस्पा\एप्रिला स्कुटर खरिद गर्नुको साथै सर्भिस र स्पेयर पार्टसहरु सजिलै सेवा प्रदान गरिने निर्देशक श्रेष्ठले बताइन् । ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधाप्रदान गर्न हामी प्रतिवद्ध छौं, श्रेष्ठले भनिन् ।
उद्घाटन अन्तर्गत यो हप्ता हेटौँडा शोरुमबाट ग्राहक एवम् उपभोक्ताहरूले भेस्पा\एप्रिला खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताहरूले रु. दश हजार नगद छुटका साथै भेस्पा\एप्रिला ब्रान्डेड हेल्मेट र कीरिङ्ग प्राप्त गर्नेछन् जनाइएको छ ।
सोरुम उट्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद रानाभाट लगायत सदस्यहरु, सेवाग्राहरी तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।