हेटौँडा \ नेवाः गुठी खलः हेटौँडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन भएका छन् । नेवाः गुठी खलः को एक वर्षअघि गठित तदर्थ समितिका संयोजक रहेका श्रेष्ठ शनिबार सम्पन्न भएको नगर समिति भेलाबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
सामाजिक कार्यमा सक्रिय रहने श्रेष्ठ युवा व्यवसायी समेत हुन् । उनी हेटौँडा जेसीज वर्ष २०२४ का अध्यक्ष समेत रहेका छन् । उनी मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेका छन् । श्रेष्ठ अग्रगती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत छन् ।
नगर भेलाले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवनारायण श्रेष्ठ, सचिवमा शिव कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुरक्षा राजथला, सहसचिवमा विक्की खड्गे चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरुमा इशा मानन्धर, विपिन ताम्राकार, निराजनमान श्रेष्ठ, सागर श्रेष्ठ, राज खड्गी, उज्जवल राज शाक्य, अपिल खड्गे, सुनकेशरी श्रेष्ठ, राजक शाही र अमित श्रेष्ठ चयन भएका छन् । अध्यक्ष श्रेष्ठले नेवाः सम्पदा, संस्कृति र परम्पराको जगेर्ना गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गेको विशिष्ठ आतिथ्यतामा रहेको थियो ।