हेटौंडा \ नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरलाई हेटौंडा उपमहानगर कमिटिले उम्मेदवारको नाम सिफारिस गरेको छ । १८ गते बसेको बैठकले नगर कमिटिले प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक तर्फका लागि उम्मेदवार छनौट गरेको हो ।
प्रतिनिधि सभा क्षेत्र १ मा प्रत्यक्ष तर्फ प्रल्हाद लामिछाने र बसन्त लामा र समानुपातिक तर्फ रञ्जना श्रेष्ठ र सन्तोष कुमार लामालाई छनौट गरिएको छ । क्षेत्र १ को प्रदेश (क) मा प्रत्यक्षतर्फ भीम पाख्रीन, विजय गौतम र प्रेमबहादुर पुलामीलाई छनौट गरेको छ भने समानुपातिकतर्फ वीरबहादुर राई र लक्ष्मी पाख्रीन रहेका छन् ।
प्रदेश (ख)मा प्रत्यक्षतर्फ तीर्थ थापा मगर र ज्ञानेन्द्र लामिछाने र समानुपातिकतर्फ रामचन्द्र बर्तौला, शेख जाहगिर, नमुना पाण्डे, लिला कुमार घलान, पुनम भट्टराई, झलक भुजेल, भगिरथ नेपाल, सुनील बयलकोटी, चमेली सिंजाली मगर, कृष्णप्रसाद सुवेदी र सुशीलकुमार पोखरेललाई सिफारिस गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र २ को प्रत्यक्षतर्फ रामनारायण विडारीलाई छनौट गरेका छन् भने समानुपातिकमा भने गरेका छैनन् । प्रदेश (क) को प्रत्यक्षमा कुमारी मोक्तान, प्रकाशचन्द्र पाण्डे र लवशेर विष्ट रहेका छन् भने समानुपातिकतर्फ भने हेमन्त रुम्बा र गोकुल बैजु रहेका छन् ।
प्रदेश (ख) मा प्रत्यक्षतर्फ ओमबहादुर ग्लान र वीरबहादुर घलानलाइ सिफारिस गरेको नगर कमिटि अध्यक्ष तीर्थ बहादुर थापामगरले बताए ।