राजनीतिज्ञका नाममा उभ्याईएका ठाडाहरू,विकासको बाटोमा यत्रतत्र छरिएका काडॉहरू मपाईत्यका म रूपि साडॉहरू । तिम्रा चर्किएका भाडाहरूमा फेबिकोल लगाउनुको साटो उत्ताउला अभिव्यक्तिले तिमीहरूलाई बर्षौदेखि खाली परेका कु-बुद्धी र कु-शासनका खाडलहरूमा नधक्ल्ला भन्न सकिदैन ।
कानुन र संबिधानभन्दा माथि सायद तिमीहरू आफूलाई राख्छौ र सोच्छौ क्यार । तिमीहरूको यो भुकाई आफ्नै अस्तित्वको लड़ाई पनि हुन सक्छ । ध्यान रहेस् मुढो ताक्दा आफ्नै घुडो र घुडोको थोरै माथिको भुडो नफुटोस् ।
मानिसले गर्ने क्रान्ति भन्दा समयले गर्ने क्रांति युगान्तकारी हुन्छ । समय र बिश्वसाक्षी छ ।बालेन ब्यक्ती मात्र नभएर एक नयॉ युगको पर्यायवाची नाम हो ।संबिधान हातमा च्यापेर कानुनको लौरो जब अगाडी बढ्छ तब शोसक,सामन्त र ब्बासाहरू छट्पटाउनु स्वभाविक पनि होला। कहिले काही लाग्छ लोकतंत्रको नाममा स्यालहरूको रजाई ! अत्ति भएन र ? संविधानको सानो खाली पन्ना सापट लिएर कोतपर्व २०२२ लेखौ जस्तो लाग्छ । देश र सार्वभौमको लागी ज्यान गुमाएका सपुतहरू, आफ्नै घैलो, दैलो र शाख जोगाउन तछाड मछाड गर्दैछन् कपुतहरू । विकास र परिवर्तनको लागी कम्मर कसेर अगाडी बढेको एउटा सफा मन तिमीहरूको लागी किन कॉडा हँ ?
साच्चै माया छ जन्माउने आमा र धर्ति आमाको भने फेरी यो बैमनष्य के का लागी ? न देशको माया न भेषको माया ,आफूलाई नेता भनाउनेहरू कुद्छन् कोही दाया कोही बॉया झोले र खोलेहरू आयोडीनै आयोडीन भएको नुन खायॉ मेरो देश बिडम्वना। न त हामी फ़ेसबुके फलोहर हौ न महत्वाकांक्षी । हामी त केवल विकासका पक्षपाती हौ ।
राम्रो काम गर्नेलाई हाईहाई र देशलाई सधै ग़रीबीको रेखा मुनी राखेर मागी खान पल्कीएकाहरूलाई वाईवाई भन्ने साहस राख्छौ। जब राजनीति र राजनितिज्ञ व्यपारीक सम्बन्धसंग जोडिन्छ त्यो अबैध हुन्छ चेतना भया ।जब राजनीतिक बिचारक बिचौलिया र कानुन भन्दा माथि उठाईएका दलालहरूको वकालत गर्छन् त्यहॉ विकासको तरलतामा गाठो पर्दछ । साच्चै तिमी जस्ता चाटुकार र मतियारले एक सिट्टीमा दशौ हजार मानिस जम्मा गर्न सक्छौ भने भत्किएको सडकको दश खाडल पुरेर देखाउने हिम्मत छ ? बालेनले डोजर लिएर शुरू गरेको ऐतिहासिक कामको अनुमोदन गर्न सकिन्न भन्दै
फ़ेसबुकका भित्ताहरू रड्गाउदै हुनुहुन्छ आफूलाई बुद्दीजिवी र राजनीतिक विश्लेषक भन्नेहरू,अवसरवादीहरू ।त्यसो त अवसरवादीहरूले भरिएको छ संसार । देश र बिदेश रहनु भएका बर्तने ठुला बठाहरू रात दिन गाली गर्न नछुटेका नेताहरू विदेश आउदा तिनै संग फोटो खिचाउन र कुम जोड्न तछाड र मछाड नै गर्छन् ।
बालेनको कुरा गरिरहदा परिस्रम गरेर खाने ति तमाम व्यवसायी र कामदारहरूलाई पक्कै अन्याय भएको छ । घरबार बिचीन हुनु भएको छ। ऊहॉहरूको न्याय लागी सरकार र नगरपालिका मिलेर यथोचित विकल्प र समाधान निकाल्न जोडदार माग गर्न चाहन्छु ।कुनै पनि देशको विकास र परिवर्तनको लागी देश,समाज र ब्यक्तिले मुल्य चुकाउनु पर्ने हुन्छ र यो कालान्तरमा युगान्तकारी हुन्छ। विकास र परिवर्तनको कुरा गर्दा २००७ साललाई हेर्न सकिन्छ।७२ बर्ष अगाडिको कुरा । अहिले पनि हाम्रो देश त्यही छ उस्तै छ यदि बिभिन्न देश र खाडी मुलुकबाट जाने रगत र पसिना निकाल्ने हो भने ।
त्यही रगत पसिना खाने सॉडेहरूको हुर्मत देख्दा सिंग भॉचिदिउ जस्तो लाग्छ ।यो ७०बर्षमा जापान खरानीबाट हिरा बन्यो,भारत उदयमान शक्ति राष्ट्रको बाटोमा लम्कदै छ भने ३० बर्षमा चिनले संसार जिती सकेको छ विकासमा। तर मेरो देश , हाम्रो देश घिच्ने र घिचाउने भन्दा अगाडी जान सकेन कुलंड्गारहरूले गर्दा ।त्यसैले लक्ष्य सादेर सिकार गर्न दौडिएको सिंह जस्तै विकासको पथमा तिम्रा पाईलाहरू नरोकिउन् । शुभकामना
लेखक पोखरेल : हाल टोकियो जापान बस्नुहुन्छ