बेलायत / आर्थिक प्रगती मात्र शाषकिय सफलताको मापनको आधार बन्दो रहेनछ।बेलायतमा ऋषी सुनक पनि राम्रो मै गनिन्थे। Covid ले थलिएको अर्थतन्त्र उनले नै उकासेका थिए।Covid को बेलामा गरेको उनको अर्थ Dealing,तौर तरिका लाई प्रसंसा गर्दै अमेरिका र अन्य यूरोप राष्ट्रहरुले त्यही ऋषी सुनकको तरिका Follow गरे।तर आम चुनाबमा उनको नेतृत्वमा Conservative पार्टिले नराम्रो हार बेहोर्नु पऱ्यो।
आज अर्को उदाहरण ११% आर्थिक बृद्धि गर्दा गर्दै,देश भित्र रोजगारिको अवसर सिर्जना गर्दा गर्दै पनि लामो समय सत्तामा रहिरहने महत्वकांक्षा,प्रजातन्त्रको नाममा मनभित्र उठ्ने चरम अधिनायकवादी सोच र व्यवहार,आफ्नै पार्टी भित्र प्रतिपक्ष लाई गर्ने व्यवाहार, शाषकीय पकड राख्न आफ्ना मान्छे लाई मात्र माथिल्लो पदमा दिईने राजकिय र शाषकिय नियुक्ति,मानब अधिकारको स्तर,वाक स्वतात्रता,सस्थागत र नितिगत भ्रष्टाचार,संसद, शासनमा समावेसिता सहभागीता,सुचनाको हक,भु-राजनिती एवं विदेश संबन्धलाई जनताले नियालि रहेका हुन्छन्।आर्थिक मापन मात्र नेता नेतृत्वको सफलता मापन गर्ने आधार बन्न सक्दैन ।
तसर्थ ११ प्रतिशत आर्थिक बृद्धि गर्न सफल भएकी बंगलादेशकि पूर्व प्रधानमन्त्री शेख हासिना किन देश छोडेर भाग्नु पऱ्यो?भन्ने कारण गहिरिएर मनन नगरे सम्म कतिखेर के हुन्छ? वा कतिखेर नेपालको नेता,नेतृत्व र शाषकिय हालत के हुन्छ?भन्न सकिन्न।
यो हुन नदिने एक मात्र औषधी नेपालमा अहिलेको लागी सत्ता भोगको लामो लिप्सा त्याग हो,जसका कारण लामो समय उनै ति नेताहरु मात्र शासनको कुर्सीमा विगत ३० बर्ष देखी घुमिरहँदा जनतामा चरम निराशा छाएको छ।यस्तै अवस्था रहिरहे बंगलादेश जस्तै आउने जन विद्रोहको हावाले नेपालमा कसलाई लखेट्छ ?भविष्यको कुरा भन्न सकिन्न तर नेपाली जनताको आम Frustration र गणतन्त्र भित्रको शाषकिय Failure ले यो संकेत गरि रहेको देख्छु म।
स्नेही - राजकुमार त्रिपाठी, बेलायत