ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा बुधबार एक दिने समूदाय स्वास्थ्य शिक्षा कार्यक्रम भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षमा भएको थियो ।
कार्यक्रम सामाजिक अनुसन्धान तथा विकास केन्द्र(सगुन) को आयोजनामा भएको थियो भने स्वास्थ्य प्रवद्र्धन तथा रोजगारी रोकथामका लागि आयुर्वेद तथा प्राकृतिक चिकित्सा प्रर्वद्धन कार्यक्रमले सहजीकरण गरेको थियो । उचित आहारविहार र विचार-स्वस्थ्य जीवनको लागि महत्वपूर्ण आधार भन्ने मूल नाराका साथ समूदाय स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सगुनका कार्यक्रम निर्देशक महन्त महर्जन, कार्यक्रम संयोजक पुण्य सुवाल, कार्यक्रम सहजकर्ता रवीन राई, सहकारी संस्थाका व्यवस्थापक सरोज थापामगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सगुनका कार्यक्रम संयोजक पुण्य सुवालले समूदाय स्वास्थ्य शिक्षा कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।
वार्षिक प्रतिव्यक्ति२५ हजारको औषधि उपचारमा खर्च भएको हुँदा यहाँको भौगोलिक अवस्थामा यहाँको जीवनशैली फरक रहेको कार्यक्रम निर्देशक महन्त महर्जनले बताए । समूदायप्रति चासोको विषयमा सहकारी पनि महत्व राख्दै यस क्षेत्रमा हर्वल गार्डेन बनाउने उद्देश्य रहेको उनले बताए । आगामी कार्तिक १२ गते हामी यहाँ स्वास्थ्य चिकित्सा शिविर सञ्चालन गर्नेछौं, महर्जनले भने ।
शिविरमा नसर्ने रोगहरु मधुमेह, उक्तरक्तचाप, सानसिक रोग, थाइराइड लगायत अन्य रोगहरुको परिक्षण गरिने जनाइएको छ ।