हेटौंडा \ हिन्दु महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूह, चाैघडाले तीज विशेष कार्यक्रमकाे आयाेजना गरेकाे छ । हेटाैडा ६ का वडा सदस्य विजय पाैडेलकाे प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रमलाई सम्वाेधन गर्दै वडा सदस्य पाैडेलले महिलाहरुकाे महत्त्वपूर्ण चाडकाे रुपमा रहेकाे तीजलाई धर्म र संस्कृतिकाे मर्म र भावना अनुसार मनाउनु पर्नेमा जाेड दिनु भयाे । वडा सदस्य पाैडेलले भने , नेपालीहरुले मनाउने चाड पर्व विश्वकाे लागि अनुकरणीय रहेकाे बताउदै हामीले चाड पर्वलाई भडकिलाे नवनाई साधारण तरिकाले मनाउनु पर्छ ।
कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, नारीचेतना सहकारीकी अध्यक्ष राधिका गाैतम, सुजना टाेल विकास संस्थाकी अध्यक्ष जीव कुमारी पाैडेल, सुनाैलाे महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, उन्नति महिला समूहकी अध्यक्ष विमला कुमारी दङगाल, एकता महिला समूहकी अध्यक्ष गाैरी सुवेदी, नमुना महिला समूहकी अध्यक्ष राधिका सापकोटा , समूहकी सचिव नानी माया रुम्बा, काेषाधयक्ष गाेमा लामिछाने, कार्यालय सचिव भीमसेन पाैडेल, विभिन्न समूहका पदाधिकारी, उपभोक्ता लगायतकाे सहभागीता थियाे ।
साे अवसरमा समूहले दर खुवाउने कार्यक्रम समेत गरेकाे थियाे । समूहले हरेक वर्ष तीज विशेष कार्यक्रम गर्दै आएकाे छ ।