♦ आर के त्रिपाठी
राजनैतिक स्वेच्छिक अवकाश लिनुपर्ने अवस्था भनेको उमेरको अवस्था, सार्वजनिक र व्यक्तिगत जीवनको लागि समय प्रवन्ध गर्न चुक्नु, लिईरहेको जिम्मेवारी प्रति अझै असफल भईरहनु, स्वास्थ्य अवस्थामा आउने जटिलता, कार्यकर्ता र जनतास्तर माझ भइरहेको लोकप्रियता खस्कदै जानु, शासकीय असफलता बढ्नु जस्ता कुरालाई मध्यनजर राख्दै नेताले लिनुपर्ने राजनैतिक नैतिक जिम्मेवारी हो।
प्रोफेसरले अति राम्रो पढाईरहे स्वेच्छिक अवकाश लिन आवश्यक छैन तर विद्यार्थीको परीक्षामा एक दुई पटक होइन,प्रायःजस्तो शैक्षिक नतिजा राम्रो नआए विश्वविद्यालयमा लामो समय पढाउने प्रोफेशर प्रति यो प्रश्न खडा हुन्छ।
University को शैक्षिक Realiability, Creditibility खस्कन थाल्यो भने कुलपति वा उपकुलपतिप्रति यो नैतिक प्रश्न खडा हुन्छ र प्राय मार्ग प्रशस्त गरेकै उदाहरण संसार भर देखिन्छ।राजनितिमा पनि धेरै नेता, प्रधानमन्त्री, राष्ट्रपती,पार्टी सभापति, दलको नेताले देश र पार्टीको हितको लागि,आफू र पार्टीको लोकप्रियता बढाउन नैतिक जिम्मेवारी लिँदै स्वेछिक अवकाश लिएका उदाहरण संसरभर धेरै देखिन्छ ।
विकशित देशको राजनैतिक नेतृत्वहरु लामो समय पार्टी नेता वा सभापति वा अध्यक्ष वा प्रधानमन्त्री वा राष्ट्रपति भईरहे पनि यदि उनै नेताको कार्यकर्ता र जनस्तरमा दिन प्रतिदिन लोकप्रियता खस्केको महशुस भयो भने पार्टीलाई नयाँ गति दिन र सरकारमा नयाँ नेतृत्व दिई थप प्रभावकरी बनाउन,पार्टीको लोकप्रियता आर्जन गर्न स्वेच्छिक अवकाश लिने चलन छ।यो गर्दा स्वयं नेतृत्वलाई राम्रो हुन्छ। स्वेच्छिक अवकाशको विषय स्वयंम नेताले पार्टी हित र देशको हितको लागी लिने नैतिक निर्णय हो र बाध्यकारी विषय होइन।
नेपालको कांग्रेस भित्र वर्तमान टप नेता,नेतृत्व कार्यकर्ता र जनता माझ कति लोकप्रिय छ? त्यो मलाई थाहा भएन। यदि जनतामाझ नेपाली कांग्रेस पार्टीको लोकप्रियता हिजो भन्दा आज प्रत्येक दिन खस्केको महसुश भईरहेको छ भने पार्टीको लोकप्रियता उकास्न टप नेतृत्वको स्वेछिक अवकाश एउटा अस्त्र हुन सक्छ।
देशको संविधानले स्वेच्छिक अवकाश नभने सम्म यो विषयमा पार्टीले अंकुश लगाउन मिल्दैन। स्वेच्छिक अवकाश नेता, नेतृत्वले विविध पक्ष नियाल्दै सोच विचार गर्ने र निर्णय लिने नैतिक विषय हो।
हाल बेलायत