- सुनिता कुमारी गजुरेल
सेवाको बोधिसत्व के हो ?
कृपया- फलानो डाक्टरको लेखमा छ नभनिदिनु होला,
मुस्कान सहितको सेवाको बर्कोमा
बिचौलीयाको बिगबिगी त कदाचित् होईन,
सच्चा र ईमान्दार सेवकलाई
तँ-त मूर्ख होस् भनेर खिस्याईनु पनि त होईन।
राष्ट्रसेवामा दवाव र प्रभावको राजनीति
सेवाको बोधिसत्व भने ओईलाउला कि भन्ने पीर,
नागरिकता प्राप्तीको स्पीडमिटर नाप्दै गर्दा
अस्पतालमा बेड नपाएर मृत्युवरण गर्नुपर्ने यो कस्तो नियती
एउटै देश र एउटै कानुन-
'महिनाको लाख तिरेर एकको बच्चा पढिरहँदा
अर्काको भने तुईनमा सर्कस देखाउनुपर्ने यो कस्तो बोक्रो उन्नती' ।।
म त भन्छु- सेवाको बोधिसत्व त्यो हो,
जहाँ राज्यको कँण-कँणमा राम भेटिन्छन्,
नातिको पालालाई पुग्ने पुल बनाउन
जब हरेक ईन्जीनीयर सदैब कस्सीन्छन्,
अनि
१०० नम्बरको पास गरेको नैतिकता होईन है-
प्रत्येक राष्ट्रसेवकले आफ्नो काम, व्यवहार र आचरण
जब हरदिन आफ्नो सन्ततीमा छाप्न तम्सीन्छन् ।
हो यहाँ हरेक निजामती कर्मचारी राम हुन्,
जो राष्ट्र सेवामा होमिएर जनसेवामा परिचालित छन्
नैतिकता र दृष्टान्त बोकि जनताको असल पहरेदारको रुपमा
अवस्था र राज्य व्यवस्था चाहे जे सुकै होस्-
जनताको समस्या समाधानार्थ सन्निकट दोस्त र यारको रुपमा ।
आउ आज यस दिवसबाटै सेवाको बोधिसत्वको बिजारोपण गरौ
मानसपलटमा राष्ट्र सेवाको बुद्धत्व प्राप्त गरी
हरेक जनको मनमा खुसी छरौ
अनि,
राम राज्यको अभिप्रायलाई सार्थक तुल्याउन
हामी नै राम बनी उच्च नैतिकताले मलजल गरौ ।
(लेखक गजुरेल मकवानपुरको जिल्ला समन्वय अधिकारी हुन् ।)