हेटाैंडा \ हिन्दु महिलाहरुकाे विशेष पर्व तीजकाे अवसरमा नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले अग्रज महिला सम्मानका साथ विशेष सांस्कृतिक कार्यक्रम गरेकाे छ । पार्टीले मंगलबार मनहरीमा संस्कृतिकाे प्रवर्द्धनका लागि माैलिक तीजगीत प्रस्तुति, खैजडी भजन प्रदर्शनका साथै मनहरीका अग्रज महिलालाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा मनहरीकाे खैजडी भजन टाेलीले स्थानीय संस्कृतिकाे प्रवर्धन गर्ने उद्धेश्यले भजन प्रस्तुत गरेकाे थियाे भने माैलिक तीज गीत गायन तथा नृत्य प्रस्तुत गरिएकाे थियाे । नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश वर्ताैलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अग्रज नेतृ तथा नेपाल महिला संघ तत्कालीन मनहरी गाविस सभापति कृष्णमाया कालाखेतीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ विशिष्ट अतिथिकाे रुपमा रहेका थिए । कार्यक्रममा बाेल्दै बानियाँले समाजकाे सर्वाङ्गीण विकासका लागि हरेक क्रियाकलापमा महिलाकाे सहभागिता अपरिहार्य हुने धारणा व्यक्त गरे ।
जनताकाे समानता र समावेशी शासनकाे लागि कांग्रेसले राणा शासन, पञ्चायत र राजा फालेकाे स्मरण गर्दै बानियाँले नयाँ संविधानमार्फत महिलाकाे अधिकार थप सशक्त गरेकाे बताए । ‘अझै महिलाकाे सशक्तीकरणकाे लागि संविधान संशाेधनमार्फत अझ थप अधिकार दिन कांग्रेसले अग्रणी भूमिका खेलिरहेकाे छ । महिलाकाे सशक्तीकरणबिना समाजकाे विकास सम्भव छैन ।’ बानियाँले भने । सनातनीय दर्शनअनुसार तीजकाेआफ्नै महत्व रहेकाे उनले बताए ।
कार्यक्रमकैबीच पार्टीले नेपाल महिला संघ मनहरी गाविसकी संस्थापक सभापति कृष्णमाया कालाखेतीसहित कृष्णकुमारी मैनाली, सान्नानी मैनाली, कान्छीमाया थिङ, गाेमा गिरी, माइलीमाया लामा, कान्छीमाया घलान,बलकुमारी उप्रेती, राधादेवी पाठक, नारायणी थापा, शेषकुमारी अधिकारी, विष्णुमाया ब्लाेन, मैयाँ सुनार, माइली दर्जी, फूलमति न्याैपाने,गाेपाल मुक्तान, ठूलीमाया मुक्तान, सूर्यकुमारी लामालगायत २५ जना अग्रज महिलालाई सम्मान गरेकाे छ ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पार्टी प्रदेश सदस्य एवं पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, बागमती प्रदेश सदस्य जानकी लामा बागमती प्रदेश सदस्य जानुकी लामा, सहसचिव ईन्दिरा न्यौपाने, क्षेत्र नम्बर २ क का सभापति रञ्जन कालाखेती, जिल्ला सदस्य अञ्जना उपाध्याय, कांग्रेस बागमती प्रदेश महिला विभाग सदस्य कमला मैनाली, मनहरी ७ की वडा सदस्य राधादेवी पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकैबीच राप्रपा मनहरी ५ का उपाध्यक्ष भवनाथ पण्डित (सीताराम) ले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रदेश सभापति बानियाँले उनलाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।