हेटौंडा \ ओलीले संसदको धज्जी उडाएपछि ततकालिन नेकपा एमालेको पार्टी केन्द्रीय सल्लाहकार घन प्रसाद गौतमले आफनो राजनितिमा युटर्न गरेकाछन् प्रख्खर बक्ताको रुपमा चिनिने नेता गौतमले २०३८ सालमा एकता केन्द्रबाट सक्रिय विद्यार्थी राजनितिमा होमिएका थिए । नेता एंव कानुनी व्यवसायी उनले आगामी निर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवारी दिने बताएका छन् ।
पछिल्लो राजनितिक परिवेशबाट दिक्क भएका नेपाली जनतालाई गाँस वास र शान्तिको प्रत्याभूति दिलाउन आफ्नो नेतृत्व आवश्यकता परेको कारण यस पटक निर्वाचनमा भाग लिने बताएका छन् ।
जनताले आस गर्दागर्दा निराश हुनुपरेको अवस्थालाई चिर्दै बेरोजगार समस्या समाधान, किसानका समस्याहरुको समाधान गर्न र स्थायीत्व राजनितिको लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । हेटौंडा १७ निवासी गौतम पेशाले कानुनी व्यवसायी हुन् । २०४३ सालदेखी सक्रिय राजनितिमा लागेका २०४७ मा ल क्याम्पस काठमाडौंको एकता केन्द्रको विद्यार्थी संगठनको सभापति बनेका थिए । २०४९ मा ल क्याम्पसमा स्ववियु सभापतिमा पराजित भएका गौतम २०५० मा पार्टी विभाजन सँगै एकता केन्द्रमा नै रहि रहे ।
सोही समयमा युवाहरुको नेतृत्व गर्दै २०५१ म काठमाडौं जिल्लाको युवा संघको कोषाध्यक्ष भएर काम गरे । २०५४ देखी कानुन व्यवसायी संगठनको जिल्ला कमिटिको सदस्य भएर काम गर्दै आएका गौतम २०६० मा कानुन व्यवसायी संगठनको केन्द्रीय सदस्य हुन पुगे ।
२०६५ मा नेपाल बार एसोसिएसनको निर्वाचनमा पराजित भएपछि २०६५ मा एकीकृत क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य तथा पार्टीको कानुन फाँट प्रमुख भइ काम गरेका थिए । त्यस्तै २०६८ मा नेकपा माओवादीसँग एकता हुने क्रममा जातीय मुद्धा मन नपरेको कारण उनी नेकपा एमालेको राजनितिमा प्रवेश गरेका थिए ।
सुरुमा एमालेको केन्द्रीय कानुन व्यवसायी संगठनको सचिवालयमा काम गरेका गौतम पछिल्लो २०७१ म एमालेको राष्ट्रिय परिषद् सदस्य भए । २०७३ मा नेकपा एमालेको पार्टी केन्द्रीय सल्लाहकार हुदैं २०७४ को निर्वाचनमा एमाले जिताउन गौतमले मकवानपुरमा सक्रिय भूमिका खेलेका थिए । तर प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दै संसदको धज्जी उडाएका कारण उनी २०७८ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय एंव कानुन फाँट इन्र्चाजको रुपमा सक्रिय राजनिति गरिरहेका छन् ।
देशमा युवाशक्ति विदेशिएका कारण अब उनीहरुलाई आफ्नो गाउँ आफै बनाऊ भन्ने नारा सहित गौतमले देशमै रोजगारको सिर्जना गर्दै देश विकासमा लाग्न प्रेरित गर्दै आफ्नो लामो कानुन व्यवसायीको अनुभवलाई जिल्लाको समग्र विकासमा लगाई जनताको सेवा गर्नै चाहाना भएकाले पार्टीले आफुलाई अगाडी बढाउनेमा विश्वस्त रहदैं निर्वाचन प्रक्रियामा अग्रसर भएको बताएका छन् ।