हेटौँडा \ सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कारद्वारा सम्मानित हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा तयार गरिएको दिगो वन सम्बन्धि कार्ययोजनाको बारेमा छलफल गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको प्राविधिक सहयोगमा कार्ययोजना तयार गरिएको हो । छलफल कार्यक्रममा वन प्राविधिक रोजन सापकोटाले सहजीकरण गरेका थिए ।
१ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनक्षेत्रमा साल, चाप, असना, बोटधाईरो, सिसौ लगायतका विरुवाहरु रहेका छन । समुहले विश्वमा नै लोपोन्मुख सालकको संरक्षण गर्दै आएको छ ।
कार्यक्रममा हेटौँडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, हेटौँडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीपक अधिकारी, सव डिभजन वन कार्यालय, हेटौँडाका वन अधिकृत सविना रिजाल, विभिन्न सामुदायिक वनका अध्यक्ष, कार्यसमिति, लेखा समिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी लगायतको सहभागीता थियो ।
कार्यक्रम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको थियो ।