हेटौँडा \ हेटौँडा ६ चौघडामा अवस्थित फ्रान्कलिन एजुकेशन कन्सल्टेन्सीले हेटौँडामा पहिलो पटक शिक्षक, विद्यालय सञ्चालक र कन्सल्टिेन्सी सञ्चालक लक्षित सेमीनार आयोजना गर्ने भएको छ ।
आउँदो ७ गते सोमबार पल्पसा हलमा उक्त सेमीनार आयोजना हुने कन्सल्टेन्सीका प्रबन्धक निर्देशक अलोक श्रेष्ठले बताए । बेलायतमा रहेको युनिभर्ससिटी अफ इस्ट लण्डनको बारेमा जानकारी दिने उद्देश्यका साथ सेमीनारको आयोजना गरिन लागेको श्रेष्ठले सिधाखबरलाई बताए ।
हामीले विद्यार्थी लक्षित कार्यक्रम गर्दै आइरहेका हुन्छौं तर पहिलो चोटी विद्यालय तथा क्याम्पसका शिक्षक, प्रिन्सिपल, फाउन्डर, कन्सल्टेन्सीका सञ्चालकहरुलाई समेत सहभागिता जनाई सेमीनार गरिन लागेको बताए ।
सेमीनार कार्यक्रममा विश्वविद्यालयको जानकारी दिनुका साथै नेपाली साँस्कृतिक कार्यक्रम र प्रत्यक्ष कन्सर्ट समेत प्रस्तुत रहने उनले बताए । ४ बजेबाट सुरु हुने कार्यक्रममा खाजा तथा खानाको समेत व्यवस्था रहेको जनाइएको छ । हामीले करिब ६०/६५ शिक्षकहरुको सहभागिता रहने अपेक्षा राखेका छौं, श्रेष्ठले भने ।
कार्यक्रमको उद्देश्य युनिभर्ससिटी अफ इस्ट लण्डनको बारेमा जानकारी गराउँनु हो । उक्त कार्यक्रममा युनिभर्ससिटी नेपालका आधिकारिक प्रतिनिधि सिईओ डा. दीपक खड्का र स्टुडेन्ड रिक्युमेन्ट एडभिसर असीम घिमिरेको उपस्थिती रहने जनाइएको छ ।
कन्सल्टेन्सीले अध्ययनका लागि युके, क्यानडा, अमेरिका र अष्ट्रेलियामा विद्यार्थीहरु पठाउने कार्य गर्दै आइरहेको छ ।