हेटौंडा \ हेटौंडा एडभेन्चर क्लबको आयोजनामा आश्विन ५ गते शनिवार प्रथम हेटौंडा सम्पदा यात्रा भएको छ । हेटौंडा ४ पशुपति मन्दिरबाट सुरु भएको सो कार्यक्रम संस्थाका अध्यक्ष सुशील सुवेदीको सभाध्यक्षता तथा हेटौंडा ४ का वडाध्यक्ष नवीनको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । सिग्देलले यस्ता किसिमका यात्राले धार्मिक तथा पर्यटकीय यात्राले जिल्लाको पर्यटकीय क्षेत्रमा टेवा पु¥याउने बताए ।
यात्रा पशुपति मन्दिरबाट सुरु भई जामे मस्जिद,भुटनदेवी मन्दिर ,पाथिभरा मन्दिर ,मनमोहन भ्युटावर, शहिद स्मारक ,पुण्यक्षेत्र ,वनस्पति ,कुष्माण्ड सरोवर,चुरियामाई मन्दिर,दक्षिण एसियाकै पहिलो सुरुङमार्ग,कमाने स्थित लोकतान्त्रिक पोखरी,वनदेवी मन्दिर,थेक्छेन छोईलिङ गुम्बा,जुरेथुम,गुम्बाडाडाँ,मकवानपुरगढि,शिखरकटेरी,मनकामना मन्दिर हुदै नागस्वती न्युरेनी स्थित पशुपति मन्दिर सभाहलमा आएर समापन भएको क्लबका अध्यक्ष सुवेदीले बताए
। यात्रामा ६३ वटा मोटरसाइकलमा करिब ११५ जनाको सहभागिता रहेको थियो यात्रीले १२७ किलोमिटर यात्रा तय गरेको थियो ।कार्यक्रममा सहभागीहरुलाई समापन सत्रका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । श्रेष्ठले युवाहरुले स्वतस्फूर्त रुपमा यस्ता कार्यक्रम गरि पर्यटन प्रवर्द्धन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्नको लागि आग्रह गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष सुवेदीले संस्थाले आगामी दिनमा समेत यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताएका छन् । यात्राको क्रममा शहिद स्मारक,नागस्वती चोक,मकवानपुरगढि तथा कुष्माण्ड सरोवरमा विभिन्न व्यक्तिहरुले स्वागत सम्मान गरेका थिए ।