हेटौंडा \ हेटौंडामा जारी प्रथम नागस्वती रनिङ शिल्ड एट ए साइड भेट्रान्स फुटबल कपको उपाधि आयोजक क्लब नागस्वती भेट्रान्स क्लबले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्स क्लबले उपाधि आफ्नै पोल्टामा पार्न सफल भएको हो ।
खेलको पहिलो हापमा ठमेल चियापप भेट्रान्सको तर्फबाट नर कुमार राईले खेलको ११ औ मिनेटमा एक गोल गरेका थिए । नागस्वती भेट्रान्सको तर्फबाट राजकुमार घिसिङले २० औं मिनेटमा एक गोल गर्दै गोलअंक बराबरी पु¥याएका थिए । बराबरीमा पुगेको गोल अंकले गर्दा दोश्रो हाप खेल रोमान्चित भएको थियो ।
घरेलु मैदानमा नागस्वतीका राजकुमार केसीले ४२ औं मिनेटमा गोल थप गर्दै नागस्वती विजेता हुन पुग्यो । विजेता टिम नागस्वतीले २ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेता ठमेल चियापपले १ लाख १ हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आजको खेलमा म्यान अफ द म्याच नागस्वतीका गोलकर्ता राजकुमार घिसिङ भएका छन् ।
त्यस्तै, खेलमा उत्कृष्ट गोल रक्षक नागस्वतीका दीलिप क्षेत्री भएका छन् भने उत्कृष्ट डिफेन्डसर नागस्वतीका भीम श्रेष्ठ घोषित भएका छन् । त्यस्तै, उत्कृष्ट मिल्ड फिल्डरमा ठमेल चियापपका लक्ष्मी यक्क भए भने उत्कृष्ट स्टाइकर नागस्वतीमा विक्रम श्रेष्ठ घोषित भएका हुन् । उत्कृष्ट घोषितहुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । खेल अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका नागस्वतीका राजकुमार घिसिङले नगद ५० हजार सहित म्यान अफ द सिरिज प्राप्त गरेका छन् ।
विजेता र उपविजेताहरुलाई प्रमुख अतिथि गोरख बहादुर गण सुपारेटारका गणपति सुभाषचन्द्र महतले शिल्ड,प्रमाणपत्र नगदसहित मेडल प्रदान गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि तथा खेल क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्ट्रिय खेलाडीहरुको १८ समुहको सहभागिता जनाएका थिए ।