हेटौंडा \ बागमती प्रदेशमा क्रियाशिल विभिन्न अभियान्ताहरु तथा सरोकारवाला संघ-संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि बागमती प्रदेश सरकारलाई सुझाव–पत्र पेश गरेका छन् । सडक सुरक्षासंग सम्बन्धित विभिन्न अभियन्ताहरुको टोलीले बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई सुझावपत्र पेश गरेका हुन् । बुधवार हेटौंडामा मन्त्री दाहाल लाई पेश गरिएको सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगायतका विषयहरु समेटिएका छन् ।
हरेक दिन सडक दुर्घटनाबाट करिव एकदर्जन मानिसको मृत्यु र सयौं मानिस घाईते तथा अंगभंग भई जीवन गुजार्नु परेकोले सडक सुरक्षाका उपायहरुको खोजि र तिनको कार्यान्वयनका लागि सुझाव दिइएको अभियानकर्तामध्येका नासा नेपालका गोविन्द भट्टराईले बताए । उनले भने– ‘हामीले मन्त्रीमार्फत् सुझाव पत्र पेश गरेका छौं । उहाँले सडक सुरक्षाको विषय गम्भिर रहेको र सुझावका लागि धन्यवाद दिनुभएको छ ।’ अभियानकर्ता भट्टराईले यस्तो सुझाव सबै प्रदेश सरकार तथा सबै राष्ट्रिय दलहरुलाई बुझाइएको बताए ।
सुझाव पत्रमा नेशनल रोड सेफ्टी एक्सन प्लान समावेश गर्ने गरी प्रदेशस्तरीय रोडसेफ्टी एक्सन प्लान बनाउने तथा तथा सडक सुरक्षा अभियान्ता तथा विज्ञहरु, सञ्चार क्षेत्र, दुर्घटना पीडित, पेशागत र ब्यबसायी संगठन तथा सम्वन्धित सरोकारवालाहरु समेतलाई समेटेर प्रदेश सडक सुरक्षा काउन्सिल (परिषद्) गठन गर्ने सुझाव दिइएको छ ।
त्यसैगरी बालबालिका, व्हीलचेयर र सेतो छडी प्रयोगकर्ता लाई आरक्षणसहितको पूर्वाधार तथा साइकल यात्रु र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण सडकहरुको वर्गीकरण अनुसार अधिकतम गति सीमा (स्पीड लिमिटेडसम्बन्धि ऐन, मोवाइल प्रयोगमा प्रतिबन्ध तथा मापसे रोकथामको स्पष्ट कानुनी व्यवस्था जस्ता विषयहरु समेटिएका छन् । सुझाव पत्र बुझ्दै बागमती प्रदेशका यातायात मन्त्री दाहालले संघ ÷संस्थाहरुबाट आएका सुझावहरूलाई सकारात्मकरुपमा लिइएको र भौतिक मन्त्रालयअन्तर्गत निर्माण हुने सडक संरचनामा रोडसेफ्टीका उपायहरु अवलम्बन गरिने बताए ।
सुझावपत्रमा ईष्टिच्युट अफ अटोमोटिभ ईन्जिनियर्स नेपाल, नासा फाउण्डेसन नेपाल, एकेडेमीक नेटवर्क फर रोडसेफटि रिसर्च, सञ्चारकर्मी, सडक सुरक्षा अनुसन्धानकर्ता, स्वतन्त्रता अभियान नेपाल, विश्व साईकल यात्री, स्वास्थसकर्मी तथा सडक सुरक्षा वीज्ञ, नेसनल एलाएन्स् फर सेफ एण्ड सष्टेनेवल मोविलिटि, नेपाल अटोमोवाइल्स एसोसीएसन, बागमती प्रदेश, नेपाल अर्थोपेडिक एशोसियसन लगायतका संस्थाहरुको संयु्रक्त हस्ताक्षर रहेको छ ।
अभियानकर्ताहरुको तर्फबाट सुरक्षित यात्रा अभियान नेपालका उमेश केसी, हेटौंडा सन्देशका सम्पादक माधव न्यौपाने र वल्र्ड काउन्सिल मेम्बर इन्टरनेशनल अटोमोवाइल फेडेरेसनका प्रतिनिधि गोविन्द प्रसाद भट्टराईको सहभागिता रहेको थियो ।