हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार २४ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष अचला शर्माको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुखआतिथ्यतामा सभा भएको थियो ।
सहकारीले आव २०८०/८१ मा ३३ करोड ६३ लाख ७५ हजार ४३७ रुपैयाँको कुल कारोबार गरेको छ । तीन करोड ७४ लाख ३७ हजार दुईसय शेयरपुजीँ रहेको सहकारीले सदस्यलाई २५ करोड ९० लाख एक हजार एक सय पाँच रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक सुशीलाकुमारी वाईवाले बताईन् ।
संस्थाको जगेडा कोषमा दुई करोड ६ लाख ७९ हजार ६५६ रुपैयाँ रहेको छ भने बचत निक्षेप २४ करोड ४१ लाख ५८ हजार ५६६ रुपैयाँ रहेको वाईवाले बताईन् । सहकारीले चालु आवमा ३६ करोड ९३ लाख ११ हजार ४४७ रुपैयाँको कुलकारोबार गर्ने लक्ष्य राखी अनुमानित वार्षिक योजना प्रस्तुत गरिएको थियो ।
सभामा जेष्ठ शेयर सदस्य सानुमाया थिङ, पवित्रा श्रेष्ठ, ठुलीमाया पाख्रीन, कान्छीमाया मोक्तान र सीता प्रजा, एकल महिला शेयर सदस्य ठुलीमाया वाईवा, सीता लो तामाङ, अम्बिका रुपाखेती, ढालकुमारी अधिकारी, कान्छीमाया घलानलाई सम्मान गरिएको थियो । त्यस्तै, दुई छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने कमलामाया थिङ, असलऋणी सीता थिङ, असल व्यवसायी फूलमाया मोक्तान, नियमित बचतकर्ता कुमारी मोक्तान, खुत्रुके बचतकर्ता ग्याल्छेन थिङ, बालबचतकर्ता हिसे डोल्मा लोप्चनलाई पुरस्कृत गरिएको थियो ।
यसैगरि सहकारीले उत्कृष्ट कर्मचारी फिल्ड प्रमुख तारा बललाई सम्मान गरिएको थियो । सहकारीले समूहतर्फ बाल समूह ३४ लाई सम्मान गरेको छ भने कमेरोपानी महिला समूह ३२८, सृजना महिला समूह २५३, शान्ति महिला समूह २२१ र साथी महिला समूह १९३लाई उत्कृष्ट समूह स्वरुप सम्मान गरिएको थियो ।
सभामा हेटौंडा उपमहानगर वडा १३ का वडाध्यक्ष पेम्बा लामा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, वडा १३ का सदस्य महेश खड्का, कार्यपालिका सदस्य रुक्मिणी गोङ्बा, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष सुलोचना स्याङ्तान, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जिल्ला सहकारी संघका सहव्यवस्थापक राजकुमारी केसी, आधुनिक महिला साकोसका अध्यक्ष सोममाया मुक्तान, प्राकृतिक साकोसका अध्यक्ष बखान सिं घलान, महिला मिलन साकोसका उपाध्यक्ष दीपा लामा, संस्थाका निवर्तमान अध्यक्ष यसोदा पराजुली, लेखा समिति संयोजक गीताकुमारी न्यौपाने, जिल्ला बचत संघका व्यवस्थापक सुमित्राकुमारी वाईवालगायतको आतिथ्यता रहेको थियो ।