बेलायत / डोनाल्ड ट्रम्पले आज अलान मस्क लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय खर्च कटौती गर्ने विभागको प्रमुख पदमा नियुक्त गरे। यो विभाग अमेरिकी सरकारको सबैभन्दा महत्त्व राख्ने विभागमा पर्छ। हो,अलान मस्क अमेरिकी चुनावको बेला Trumpको प्रमुख Campaigner थिए। चुनाव खर्च 500मिलियन डलर दिए। अरू व्यापारी जम्मा गरे। बिलियन डलर भन्दा बढी Trump लाई चुनाव खर्च जुटाई दिए। Trump को चुनावी Campaign को लागी १० वटा जहाज ५ महिनाको लागी चार्टर गरिदिए। विश्व राजनीति हेर्दा जसले चुनाव जिताउन सहयोग गरे,जसले लामो समय देखि अमेरिकी राष्ट्रपतिमा पुनः Trump को विकल्प छैन भने, उनै अलान मास्कले प्रमुख पदमा नियुक्ति पाउनु स्वाभाविक छ। जायजै छ। संसारभर यस्तै हुन्छ। तर शङ्का के गर्न सकिन्छ? भने अलन मास्कले संयुक्त राष्ट्र सङ्घ,Ukrane,इजरायल,NATO र अन्य विश्व विकाशको लागी दिइरहेको खर्च Deep Analysis नै काटी दिए भने यहाँ नेरि समस्या उत्पन्न हुन्छ। यसले विश्वराजनीति लाईठूलै प्रभाव पार्नेछ।
अब अलिकति अलान मस्क को कुरा गरौँ। केही महिना अगाडी बेलायतमा Far Rightist को आप्रवासी खेद,आप्रवासी लाई बस्न नदेऊ भन्ने रङ्गभेदी आन्दोलन Far Rightist हरुले चलाए। केही मानिस मरे। बेलायतको रोड र भवन जले। आप्रवासीको पसल,सटर जलाइयो। त्यो बेला अलान मास्कले के भने भने बेलायतमा Far Rightist ले गरेको आप्रवासी खेद भन्ने आन्दोलन ठिक छ। मेरो समर्थन छ भने। बेलायतको Road अझै जल्नु पर्दछ भने। अमेरिका पनि भविष्यमा त्यही हुनेछ भने ।अलान मस्कको यो Statement को सर्वत्र विरोध भयो। भलै बेलायत सरकारले SMART ROLE लिएकोले Far Rightist हरूको आप्रवासी खेद आन्दोलन तुहियो वा निस्तेज भयो। यो कार्य गरेकोमा बेलायतको प्रधानमन्त्री Kier Starmer लाई धन्यवाद दिन चाहन्छु ।
मलाई लाग्दछ,अलान मस्कको यो गतिविधि हेर्दा Trump को कार्यकाल सकिए पछि अलान मस्क Republican पार्टीबाट अमेरिका राष्ट्रपति उठ्नेछन्। Trump को यो नियुक्ति त्यसैको तयारी हो जस्तो लाग्छ। अब अलान मास्कले संयुक्त राष्ट्र सङ्घ,NATO, लाई कि मैले भनेको मान्,नत्र खर्च कटौती गरी दिनेछु भनी धम्क्याउने छन्। शक्ति आर्जन गर्दै लानेछन्। यो कार्यले उता अमेरिकाको Europe Union राज्य सँग बिस्तारै सम्बन्ध बिग्रँदै जानेछ। Encrochment,Advancement बढ्नेछ। यस अवस्थामा Russia Ukrane युद्ध Russia-Europe Union युद्धमा बिस्तारै परिणत हुन सक्छ। यसको असर विश्वमै पर्नेछ।
अव एक छिन हिजो मात्र Trump ले नियुक्त गरेको प्रमुख सुरक्षा सल्लाहकार बारे चर्चा गरौँ/ ट्रम्पले चीनको कट्टर आलोचक माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरे। माइक वाल्ट्ज अमेरिकी सुरक्षा नीतिको लागी ताइवानलाई हतियार उपलब्ध गराउनुपर्ने,प्रशान्त क्षेत्रका देशहरूलाई अमेरिकी सहयोगप्रति आश्वस्त ब माइक वाल्ट्ज चिनको कट्टर आलोचक मात्र होइनन्,उनी सेना आधुनिकीकरण,युद्ध हतियार उत्पादन र क्षेत्रीय सहयोग विस्तार गरी अमेरिकाको सुप्रेमेसि कायम गर्नु पर्छ भनी का गर्ने पात्र हुन्।
माइक वाल्ट्जको सल्लाह सुरक्षामा बजेट कटाउने,घटाउने भन्दा पनि बढाउन केन्द्रित हुनेछ। माइक वाल्ट्ज युक्रेन र इजरायललाई दिइरहेको युद्ध पोत,Fighter Plane,आधुनिक क्षेप्यास्त्र अझै बढाउनु पर्दछ भन्ने पात्र हुन्। Trump ले मलाई अमेरिकी जनताले चुनाबमा भोट दिई जिताय भने ४८ घण्टामा Russia Ukrane युद्ध हल गरिदिन्छु भनी भोट मागेका थिय तर Trump को सुरक्षा सल्लाहकारमा माइक वाल्ट्ज नियुक्तिले Trump बाटो बिराई रहेछन् भन्ने संकेत गर्दछ नेता र नेतृत्व सफल बनाउन सल्लाह कारको सल्लाह प्रमुख हुन्छ।
नेताहरूले सल्लाहकार नियुक्ति गर्दा बढो सोचविचार राखेर गर्नु पर्दछ। नत्र यसले देश, नेता,नेतृत्व र पार्टीलाई नै कमजोर बनाउँछ । संसारको नेता,नेतृत्व,पार्टी र देश कमजोर भएको विगत नियाल्दा यस्तै भन्न सकिन्छ। Trump जे गरुन्,हाम्रो हातमा भएन तर नेपालको ठुला पार्टीहरू र शासकको बुद्धि चाहिँ कुनै पनि नियुक्ति गर्नु अघि गहिरो ध्यान जाओस् । जे होस,अलान मस्क ठुलो ब्यापरि व्यवसायी हुन। उनी अब व्यापार मात्र हैन,विश्व राजनीतिमा प्रभाव जमाउन चाहन्छन् ।
धम्क्याउन चाहन्छन्। ४ वर्ष पछि अमेरिकाको राष्ट्रपति हुनेछन्। अमेरिकामा व्यापारीहरू मात्र शक्तिशाली हुनेछन्। यसले विश्वको प्रजातन्त्र, शान्ति,मानव अधिकार र दिगो विकासलाई प्रभाव पार्नेछ। Trump र अलान मस्क यस्तै महत्त्वाकाङ्क्षा राखी अघि बढे भने विश्वको लोकतन्त्र कमजोर हुनेछ। lयो महत्वकांक्षाले भविष्यमा विश्व राजनीति ध्रुवीकरण भई अमेरिकी गृह युद्ध र विश्वयुद्ध पनि निम्त्याउन सक्छ। मैले न Trump बनाएको हुँ,न Trump लाई रोक्न सक्छु,केबल स्वतन्त्र Analisys मात्र गरेको हुँ।