बेल्जियम / बागलुङ समाज बेल्जियमले बागलुङ नगरपालिकाका मेयर वसन्त श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको भने बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारीलाई बिदाइ सम्मान गरेको छ । नोभेम्बर १७, २०२४ मा लुभेनमा आफनो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएका नेपाली राजदूत राजभण्डारी को बिदाइ र नगर प्रमुख श्रेष्ठको स्वागत एवम् सम्मानमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा,बेल्जियममा सक्रिय नेपाली समुदायका सामाजिक, वैचारिक छेत्रीय एवम् जातीय सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधि नेपाली व्यवसायी सङ्घ बेल्जियमका अध्यक्ष चिरन खवास, समाजका निवर्तमान अध्यक्ष गङ्गा शर्मा, शेर्पा किदूक बेल्जियमका अध्यक्ष पी.डी. शेर्पा, सङ्घीय समाजका अध्यक्ष नेत्र मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष बोधराज पौडेल, जनसम्पर्क समितिका अध्यक्ष सुवास गुरुङ,पत्रकार दिल निशानी मगर, एनआरएन बेल्जियम महासचिव रुविना शर्मा, एनआरएन बेल्जियम पूर्व अध्यक्ष खडक के।सी, जन प्रगतिशील मञ्च युरोप अध्यक्ष चित्र सुवेदी, विश्व मगर महासङ्घका अध्यक्ष लोक राना, एनआरएन अभियन्ता तथा समाजका संरक्षक गँगाधर गौतमले राजदूत राजभन्डारीको कार्यकालमा बेल्जियमको नेपाली समुदायलाई दूतावासबाट प्राप्त सहयोग र सहकार्यका लागी आभार प्रकट गर्दै प्रगतिको कामना गर्नु भयो ।
सोही कार्यक्रममा बोल्ने वक्ताहरूले मेयर श्रेष्ठ तथा बानपाका कार्यकारी अधिकृत हरिदत्त कँडेल र अधिकृत दिनेश जिसीलाई स्वागत गर्नु भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि राजदूत राजभन्डारीले बागलुङ समाजले गरेको बिदाइ समानका लागि धन्यवाद दिँदै जहाँ रहे पनि नेपाल नेपालीका लागि आफ्नो पदीय जिम्मेवार मार्फत सेवा गरी रहनेछु भन्नु भयो । मेयर श्रेष्ठले आफ्नो टिमलाई समाजले गरेको सम्मानका लागि धन्यवाद दिँदै नगर विकासका बेल्जियममा रहेका बाग्लुगेहरुलाई सहयोग र समर्थन गर्नु अनुरोध गर्नु भयो ।
छोटो सूचनामा भएको कार्यक्रममा सहभागिता जनाई सफल तुल्याइदिनु भएकोमा बेल्जियमस्थित सङ्घसंस्था तथा बेल्जियमका बाग्लुङबासीहरुलाई बागलुड। समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तले धन्यवाद ज्ञापन गर्नु भएको छ । समाजका अध्यक्ष महेन्द्र पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रभात पौडेलले गर्नु भएको थियो ।