बेल्जियम / गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बेल्जियमको आयोजनामा बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। आफ्नो ४ बर्से कार्यकाल सकी नेपाल फर्कन लाग्नु भएका बेनेलक्सका लागी महामहिम राजदूत, गेहेन्द्र राजभन्डारीलाई नेपाली समुदाय बेल्जियमको तर्फ बाट बिदाइ तथा सम्मान गरिएको हो भने हालै सम्पन्न बेल्जियमको स्थानीय निर्वाचनमा दुई नगर पालिका लुभेन नगरपालिका बाट नगर परिषद् सदस्यमा विजयी सूर्य ढकाल र ब्रुज नगरपालिकाबाट नगर परिषद् सदस्यमा निर्वाचित प्रज्ञा तिमल्सेनालाई सम्मान कार्यक्रम गरिएको हो ।
अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सङ्घ सङ्घटनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राजदूत भण्डारीले बेल्जियम बसाई मा नेपाली समुदाय बिच समन्वयात्मक भूमिका निर्वाह गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । अध्यक्ष सापकोटाले राजदूत भण्डारीको बेल्जियम बसाई मा नेपाली समुदायको लागी गर्नु भएको गतिविधिहरूले सहजता भएको र यसको लागी धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा अध्यक्ष सापकोटाले बिदाई भएका राजदुत राजभण्डारीलाई प्रशंसापत्र तथा स्थानीय निर्वाचनमा निर्वाचितहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ,पूर्व अध्यक्ष तथा अनुशासन समितिका संयोजक प्रेम गुरुङ,पूर्व अध्यक्ष चित्र सुवेदी,आइसिसी सदस्य द्वय, मदन दवाडी,भीम सुवेदी तथा नगरपरिषद सदस्य द्वय सूर्य ढकाल,प्रज्ञा तिमल्सेना,नेपाली जनसम्पर्क समिति बेल्जियममा सभापति सुभाष गुरुङ, प्रवासी नेपाली मञ्चका अध्यक्ष विनोद न्यौपाने,जनप्रगतीशिल मञ्चका अध्यक्ष प्रकाश पौडेल,व्यवसायी सङ्घ बेल्जियमका अध्यक्ष चिरन खवास,राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण दाहाल,जनजाति महासङ्घ बेल्जियमका सचिव रबिन बान्तवा,पत्रकार महाँसघ बेल्जियमका अध्यक्ष ओम शर्मा,पत्रकार दिल निशानी मगर,किराँत यांगथुंग चुम्लुंगका अध्यक्ष वदन लिम्बु,मिलन केन्द्रीकृत अध्यक्ष कान्ति अधिकारी,तमु समाज बेल्जियमका उपाध्यक्ष सूर्य गुरुङ,मोना बेल्जियमका अध्यक्ष सुमन थापा मगर,लुम्बिनी कपिलवस्तु अभियानका अध्यक्ष डा. राजेन्द्र बारी,युरोप सल्लाहकार दामोदर आचार्य,काभ्रे समाजका अन्तर्राष्ट्रिय अध्यक्ष दिनेश उप्रेती,नवलपुर समाजका महासचिव नरहरि सापकोटा,सल्लाहकार पूर्ण तिमल्सेना,शालिकराम थपलिया,अन्तर्राष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष तथा लेखा समितिका संयोजक झलक केसी, पूर्व आइसिसी सदस्य द्वय पदम गुरुङ,भीम जोशी,पूर्वेली समाज बेल्जियमका संस्थापक अध्यक्ष अनन्त ओस्ती,लगायतको उपस्थित रहेको थियो ।