हेटौंडा \ हेटौंडामा कार्वन उत्सर्जन न्यूनिकरण कार्यक्रम(लिफ) कार्यक्रमबारे जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम भएको छ । विहीबार सामूदायिक वन समूह, कवुलियत वन, निजी वन, मध्यवर्ति वन समूह, वन महासंघ, आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुको सहभागितामा लिफ कार्यक्रमबारे परामर्श गरिएको छ ।
पृथ्वी तात्दै छ र जलवायु परिवर्तन हुँदै गएको अवस्थामा हरित गृह ग्याँसले झन बढि पृथ्वी तात्दै गएको अवस्था रहेको छ । कार्वनडाईअक्साइडले तापक्रम बढ्दोले जलवायु परिवर्तन भइरहेको परामर्श कार्यक्रमका सहजकर्ता गोपाल काफ्ले बताए । यसको समाधान गर्न जलवायु परिवर्तन असर र प्रभावसँग जुध्न(अनुकलन) र जलवायुको कारण तत्व कार्वन उत्सर्जन कम गर्न वा हुन नदिने(न्यूनीकरण) गर्ने माध्यम वन रहेको बताए ।
कार्यक्रममा काफ्लेले जलवायु परिवर्तन, नीतिगत विषय, लिफका राम्रा र सुधारगरिनुपर्ने विषयवस्तु, लिफ कार्यान्वयन रेड सुरक्षा उपाय, कवच मापदण्ड, प्रस्तावित गुनासो सुनुवाई र सम्बोधनका विषयवस्तुमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
फेकोफन जिल्ला अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रम वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्र काठमाडौंको आयोजना तथा युएन रेड कार्यक्रमको सहयोग र रिकोफ्ट नेपालको सहजीकरणमा कार्यक्रम भएको थियो ।
छलफलमा जलवायु, रेड प्लस र लिफबारे जानकारी गराउँदै नेपालले पाँच लाख टन कार्वन विक्री गर्ने सम्झौता गरेको नेपालमा लागि ईमर्जेन्टका प्रतिनिधि डा. शम्भु दंगालले बताए । लिफ कार्यक्रममा नर्वे, अमेरिका, बेलायत र दक्षिण कोरिया सहित ४ मुलुकका २५ बहुराष्ट्रिय कम्पनी आवद्ध रहेको दंगालले बताए । नेपाल सरकारले लिफ कार्यक्रमका लागि ७ वटा बुँदामा पालना गर्ने गरि हस्ताक्षर गरेको उनले बताए । रेडको २ वटा कार्यक्रम अन्तरगत एउटा तराईका १३ जिल्ला र अर्को बागमती , लुम्बिनी र गण्डकी प्रदेशमा लिफ कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।
छलफल पश्चात सहभागिहरुले लिफ कार्यक्रम कार्यान्वयनका लागि संयुक्त विभिन्न बुँदामा सहमति जनाउँदै हस्ताक्षर समेत गरिएको छ । कार्यक्रममा नेपालमा लागि ईमर्जेन्टका प्रतिनिधि डा. शम्भु दंगाल, युएन रेडका डा. मोहन पौडेल, प्रदेश वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख शिवप्रसाद सापकोटा, सामूदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई बागमती प्रदेश महासंघ अध्यक्ष विनोद सापकोटा, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवंशी, राप्ती डिभिजनका प्रमुख भूपराज नेपाल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जंगबहादुर गुरुङ, प्रदेश महासंघ कोषाध्यक्ष नानीमाया रुम्बा लगायतको आतिथ्यता रहेको थियो ।