आगामी मङ्सिर १६ गते हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पदको लागी उपनिर्वाचन हुँदै छ । उम्मेदवारी दिएका उम्मेद्वारहरु यतिबेला मतदाताहरू भेट्न घरदैलो अभियानमा सक्रिय छन् । गत स्थानीय तह निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रको तर्फबाट ललित घलान जिल्ला समन्वय समितिको प्रमुख भएपछि रिक्त रहेको उक्त स्थानमा वडा अध्यक्ष पदमा १४ जनाले उम्मेदवार दर्ता गराएका छन् । उम्मेदवार दिएका १४ जनामध्ये मुख्य तीन प्रमुख दल नेकपा एमाले , नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्र बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काग्रेशको तर्फबाट अर्जुन प्रसाद तिवारी,नेकपा एमालेको तर्फबाट राजेश नगरकोटी र नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधानको प्रतिस्पर्धा देखिएको छ ।
नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका नगरकोटी र काङ्ग्रेसबाट उम्मेदवार बनेका तिवारीको भने यो दोस्रो पटक सोही वडाको वडाध्यक्ष पदका लागि उम्मेदवारी हो । गत स्थानीय तह निर्वाचनमा हेटौँडा–१२ को अध्यक्ष पदमा माओवादीका ललित बहादुर घलान, काँग्रेसका अर्जुन तिवारी र एमालेका नगरकोटीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा तीनै जना उम्मेदवारले उस्तै हाराहारीमा मत ल्याए । १३ सय ७१ मत ल्याएका माओवादीका घलान विजयी भए । काँग्रेसका तिवारीले १३ सय ४० मत ल्याउँदा नगरकोटीले १३ सय २५ मत प्राप्त गरे । दोस्रो पटक वडा अध्यक्षको उम्मेदवार बनेका तिवारीसङ गरिएको कुराकानी ।
वडा अध्यक्षमा तपाईँको उम्मेदवारी किन ?
म सामाजिक मान्छे । समाजको काम गर्न चाहन्छु । जनप्रतिनिधि नहुँदा पनि वडा नम्बर १२ को लागी यहाँको विकास निर्माणमा मेरो सक्रियता यहाँका जनताले देखेका छन् । वडालाई समृद्धि र विकास निर्माणमा नमुना वडा बनाउने चाहाना छ । जनताको काम गर्न मेरो उम्मेदवारी हो । हिजोका दिनमा सफल हुन नसके पनि म जनताको माझबाट कहिल्यै टाढा रहिन । यो पटक जनताको नजरमा मेरो सक्रियता र काम बोलेको छ । वडावासीलाई सहजता पुर्व सेवा गर्ने मेरो इच्छा चाहाना छ । यो पटक पुरा हुनेछ भन्ने अपेछा गरेको छु ।
वडावासीको मन जित्ने कस्ता योजनाहरू छन् तपाईँका ?
जनप्रतिनिधि नहुँदा पनि मैले वडाका जनताहरूको सेवा गरेकै हुँ । दुख सुखमा मेरो सहयोग रहँदै आएको छ । यो पटक बोल्नु भन्दा पनि काम गर्ने अवसर वडावासीले दिए भने केही महत्त्वपूर्ण योजनाहरू बनाएको छु । जस्तो । वृद्ध भत्ता घर घरमा वितरण गर्ने गराउने कार्य गर्ने छु। जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ता सम्बन्धित स्थानबाटै गर्ने गराउने, घरेलु उद्योग द्रुत गतिमा सञ्चालन गर्ने,मठ मन्दिर, गुम्बा तथा गिर्जा घरको सङ्ग्रहालयको उचित प्रबन्धन गर्ने,सरकारी विद्यालयहरूमा शैक्षिक सुधार गर्ने तथा अङ्ग्रेजी माध्यमको शिक्षामा जोड दिने,सहरी स्वास्थ्य चौकी, हात्ती गौडाको स्तरोन्नति गर्ने, एक्स-रे मेशिनको तुरुन्तै व्यवस्था गर्ने र हप्ताको एक पटक डाक्टरको सुविधा उपलब्ध गराउन पहल गर्ने,एम्बुलेन्सको सुविधा उपलब्ध गराउने,दुग्ध किसानहरूको मूल्य समयमै भुक्तानीको लागि पहल गर्ने विद्युत् लाइन स्तरोन्नति तथा पोल र बत्तीहरूको उचित व्यवस्थापन र सोलार बत्ती समेतको सेवा विस्तार गर्न पहल गर्ने लगायतका छन् । विद्यालयमा एक जना नर्सको व्यवस्था गर्ने,गोठ दमार डिप बोरिङ सिँचाइ आयोजनाको व्यवस्था मिलाउने,तल्लो रमन टार खानेपानी टङ्की निर्माण गरी खानेपानी वितरण गर्ने ।
गुप्तेश्वर क्षेत्र स्तरोन्नति तथा पर्यटन प्रवर्द्धन गर्ने,गोठ दमार तट बन्धनलाई व्यवस्थित गरी बस्ती बचाउन पहल गर्ने,राप्तीखोलाबाट सिग्रेनी बस्तीसम्म लिफ्ट सिंचाईको वृहत् आयोजना सुरूवात गर्नको लागि पहल गर्ने,नापी भएका जग्गाहरूको धनी प्रमाण पुर्जाको लागि विशेष पहल गर्ने,बेल डाँडा मुनिको खेल मैदानको स्तरोन्नति गर्ने,महिला सशक्तीकरणका कार्यक्रमहरू ल्याउने,वैदेशिक रोजगारका क्रममा विपद्मा परेकाहरूको उद्धारको लागि पहल गर्ने,मन्त्रे टोलदेखि सिन्तान टोलसम्मको सडक स्तरोन्नति गर्ने,लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालनको व्यवस्था गर्ने लगायतका धेरै योजनाहरू छन् । यी कार्यको लागी जनतासँग प्रत्यक्ष जनप्रतिनिधि भएर काम गर्न चाहाना छ ।
तपाई त दोस्रो पटक निर्वाचनमा होमिनु भएको छ जनताले तपाईँलाई विश्वास गर्ने आधारहरू के के बनाउनु भएको छ त ?
मैले यस अघि पनि झिनो मतले हार बेहोरेको हुँ त्यसलाई हार भन्दा पनि अझै निखार हुनुपर्ने रहेछ भन्ने बुझेको हु । म पराजित हुँदा पनि जनतासङै रहेर काम गरेको कुराहरू वडावासीले देखेका छन् । सामाजिक रूपमा अझै समाजसेवा गर्छु भनेर आएको हुँ जनता जर्नादन हुन उनीहरूको मतले योग्य ब्यक्ती मा म पर्छु भन्ने मलाई लाग्छ । यसअघिका कमी कमजोरीहरू सुधार्दै जनतासँग प्रत्यक्ष जोडिन आउँदा मेरा योजनाहरू सफल हुन्छन् जस्तो मलाई लाग्दछ । काम गर्ने अवसरहरू पाए भने वडामा शान्ति सुरक्षाको लागि आश्यिकता अनुसार सिसि क्यामराको व्यवस्था गर्ने, आवश्यकता अनुसार संस्कृत तथा तामाङ भाषाको अध्यापनको व्यवस्था पहल गर्ने,बुद्ध पार्क चौताराको स्तरोन्नति गर्ने,स्थानीय उद्योग प्रवर्द्धनको लागि स्थानीय मदिरा ब्राण्डिङ्गको लागि पहल गर्ने,वडाको लागि स्थानीय प्रहरी चौकीको स्थापना गर्न पहल गर्ने । हात्ती गौडा खानेपानीको अनुगमन गरी महसुल घटाउने । अनलाइन शिक्षाको पूर्वाधार तयार गर्ने । थालिङ्ग आग्रा काभ्रेली टोल गुम्बा स्तरोन्नति तथा प्रवर्द्धन गर्ने ।
आग्रा काभ्रेली टोल देखि मरण घाटसम्मको बाटो स्तरोन्नति गर्ने । सहिद स्मारक पार्कसँग समानान्तर हुने गरी १२ नं वडा जोडिने पक्की पुल निर्माणको लागि पहल गर्ने । सृजनशील टोलबाट गुरौबिर्ता झोलुङ्गे पुल जोडिने सडक स्तरोन्नति तथा विस्तार गर्नको लागि पहल गर्ने । गुरु रेम्वोचे पार्क आग्रा काभ्रेलीको निर्माणको लागि पहल गर्ने । पान्तले कल्याण टार सडक विस्तार तथा स्तरोन्नति गर्न पहल गर्ने । वडा मार्फत विभिन्न विधाका खेलकुदको विकासको लागि पहल गर्ने । वडाको विभिन्न स्थानको मरण घाटको पहिचान गरी व्यवस्थित गर्न पहल गर्ने अपधाप देखि रमन टार पक्की पुल जोड्ने सडक स्तरोन्नति गर्न पहल गर्ने । गोठ दमारदेखि हात्ती गौडा जोड्ने झोलुङ्गे पुल निर्माण गर्न पहल गर्ने । बेल डाँडादेखि मनहरी १, चकरी जोड्ने सडक स्तरोन्नति गरी कालोपत्रे गर्न पहल गर्ने । गाँड खोल्सी कल भट सडक निर्माण गर्न पहल गर्ने । वडाको सिमानामा नदी, खोल्साले असर गर्ने ठाउँहरूमा व्यवस्थित तट बन्धन निर्माणको लागि पहल गर्ने । वृहत् गुरौविर्ता राप्ती तटबन्धन गुरु योजना विस्तार गर्ने । चार घरे गुम्बा स्तरोन्नति तथा सडक निर्माण गर्ने । सहिद लखन थापा पार्क तथा गोपालेश्वर मन्दिर परिसर स्तरोन्नति गर्ने । शंखधर पार्कको स्तरोन्नति गर्ने । मन्दिर डाँडाबाट घट्टे दमार हुँदै सिद्ध काली मन्दिर जाने सडक स्तरोन्नति गर्ने । कोत्रा तट बन्धन योजना सुरुवात गर्ने । रियल स्टार खेलकुद मैदानलाई मिनी रंगशाल निर्माण गर्न पहल गर्ने । यस्ता योजनाहरू सफल बनाउन जनताले मलाई चुन्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ ।
दुई पटक पराजित हुनु भयो,तेस्रो चुनौती धान्ने आधारहरू के छन् ?
म कृषक छोरा,कृषक नै हु । जनताले माग गरेका लेनै निर्वाचनमा होमिएको हुँ । चुनौतीसङ डराएर हिडने बानी छैन । जनताको काम गर्न चुनौतीले छेक्दैन । इच्छा शक्ति भयो भने बाहिर बाटै पनि काम गर्न सकिन्छ भनेर देखाई सकेको छु । जनप्रतिनिधि भएर काम गर्नु र बाहिर बसेर काम गर्नुमा फरक छ । देश सङ्घीयतामा गएसँगै सङ्घ, प्रदेश र स्थानीय गरी तिन तहका सरकार छन् । जसमध्ये जनताको नजिकको सरकारका रूपमा स्थानीय सरकारले कार्य गर्ने स्वरूप तयार भइसकेको छ । जनताको अपेक्षा पनि बढी छ । जनताको भोटको उच्च मूल्याङ्कन गर्दै विकासको अनुभूति दिलाउन सक्ने जनप्रतिनिधि भएर काम गर्ने चाहा मेरो छ । जनताको विश्वासलाई कायम राख्दै अहिले निर्वाचित भएर जनप्रतिनिधिका रूपमा आए भने जनताको हितमा हुने कार्यका लागी काम गर्ने छु ।घरदैलो निरन्तर जारी छ। घरदैलो गर्ने क्रममा भेटघाट र भलाकुसारी गर्दै गर्दा यहाँहरूको उत्साह र म प्रतिको सद्भाव देख्दा थप ऊर्जा मिलेको छ। त्यस्तै, यहाँहरूको मन र मत दुवैले विजयी हुने कुरामा म ढुक्क भएको छु।म यस अघि पराजित हुनु परे पनि आफ्नो धर्म नछोडी जनताको सेवामै अहोरात्र खटिरहेको यथार्थ यहाँहरू माझ अवगत नै छ। मेरो योजनाहरुमा समाहित मेरो योजना छ। यही योजना पूरा गर्ने प्रतिबद्धता गर्दै यहाँहरूको मन र मत दुवैले विजयी गराउनु हुन हेटौँडा १२ का सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्दछु ।