- आर के त्रिपाठी
केहि दिन अघि कांग्रेस नेता,कृषि मन्त्री रामनाथ अधिकारीले इटाली र मेक्सिको भ्रमण गर्दा मलाई बेलायतमा फोन गर्नुभयो । नेपालको कृषि क्षेत्र सुधारको लागि लामो कुराकानी भयो । कृषि मन्त्री रामनाथ अधिकारीले राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिति बुझेर नेपालको कृषि क्षेत्र र कृषि उत्पादनलाई माथि उठाउन मन्त्रीज्यूले गहिरो अध्ययन गरि सल्लाह दिन आग्रह गर्नु भएको थियो र राष्ट्रिय, अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरि आज नेपालको कृषि मन्त्री, कृषि सचिव र कृषि विभागका महानिर्देशक, निर्देशक, प्रदेश सरकारका कृषि मन्त्री, प्रदेश कृषि सचिव सम्पूर्णमा मेरो सल्लाह कृषि मन्त्री रामनाथ अधिकारीको आग्रह अनुसार इमेल मार्फत र इनबक्स मार्फत सबैमा पठाई दिएको छु ।
नेपालका नेताहरु जो नेपाल समृृद्ध बनाउन हिँडिरहेका छन्, प्रतिवद्ध छन,उहाँहरु सबैले यो मेरो अध्ययनको रिपोर्ट हेर्दा नेपाललाई राम्रै होला ।
माननीय कृषि मन्त्री रामनाथ अधिकारी ज्यू,
कृषि सम्बन्धी एउटा टेस्क दिए अनुसार १ महिना गहिरो पढेर नेपालको कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन उत्पादन बढाउन मैले गहिरो अध्ययन गरि तपाईंलाई र समग्र कृषि मन्त्रालयलाई तल उल्लेखित सल्लाह दिन चाहन्छु ।
१
स्कुलमा कृषि शिक्षा अनिवार्य गर्ने र स्कुलमै तालिमको व्यवस्था गर्ने ।
२
जमिन धनि व्यक्तिले जग्गा बाँझो राख्न नपाउने कानुन बनाउने र बाँझो राखे स्थानीय तह वा वडाले झाँचबुझ गरि बाँझो जग्गा उत्पादन गर्न चाहने अन्य कृषकलाई पारदर्शी रूपमा भाडामा दिन पाउने कानुनी व्यवस्था गर्ने र बाँझो राख्ने धनी पूर्जा भएको व्यक्तिले कम्तीमा एकबाली लाई अवरोध गर्न नपाउने ।
३
जग्गा धनीले खेती गर्न आफ्नो जग्गा पुःन माग गरे एकबाली पछि जग्गा दिने तर खेती आफै गर्छु भनि आफ्नो जग्गा फिर्ता चाहियो भन्ने माग कम्तीमा १ वर्ष अगावैै सुचना दिनु पर्ने कानुनी व्यवस्था गर्ने ।
४
खेती नगरे जरिवाना गराउने र पुःन वडाले त्यो जग्गा अरुले खेती गर्न चाहे सुलभ मुल्यमा जग्गा उपलब्ध गराउने ।
५
सार्वजनिक जग्गा स्थानीय तहले कृषकले कृषी गर्न माग गरेमा प्रक्रिया पर्याएर पारदर्शी तरिकाले कृषि गर्न दिन पाउने कानुन बनाउने ।
६
कृषि उत्पादन खर्च राज्यले सुपथ मुल्यमा उपलब्ध गराउने र उत्पादनका लागि आवश्यक पर्ने साधन,मल, बीउ,सिँचाइ,औषधि राज्यले समयमै सहुलियत दरमा उपलव्ध गराउने ।
७
कृषि उत्पादनको मूल्य निर्धारण राज्यले गर्नेर राज्यले नै खरिद गरी बजार व्यस्थापन गर्ने र नगदे वा हरित दुध जन्य वा मासु जन्य लगायत तत्कालै बिग्रन सक्ने उत्पादनलाई बिग्रन नदिन आजै देखी भण्डारण स्टोर हरेक वडामा वा गाउँपालिकामा बनाउन बजेट निकाशा गरी आजै देखि काम थालनी गर्ने ।
८
उत्पादनको आधारमा अनुदान कृषकलाई अनुदान दिने व्यवस्था गर्ने ।
९
बढि उत्पादन बढि अनुदानको कानुनी व्यवस्था गर्ने ।
१०
कृषि विकास बैंक मार्फत युवा वा कृषकलाई व्यापक कृषि तालिम दिने व्यवस्था गर्ने ।
११
अधिकार सम्पन्न कृषि आयोग गठन गरि आयोगले कृषि अनुदान निर्धारण गर्ने र हस्तक्षेप गर्न नपाउने ।
१२
छिमेकी देशको कृषि अवस्था,आयात, निर्यात परिणाम हेरी नेपालको कृषि क्षेत्रको प्राथमिकता उत्पादन क्षेत्र प्राथमिकता तोक्ने र सोही अनुसार उत्पादन भएका वस्तुमा बढि अनुदान दिने ।
१३
कृषि विज्ञ बढाउन नेपालको प्रायः सबै विश्व विद्यालयमा कृषि विषय स्नातोकोत्तर सम्म पढ्न पाउने करिकुलम राख्ने र कृषि पढ्न चाहने लाई ँभभ ध्बष्खभच गर्ने र खान बस्न पुग्ने छात्रवृति समेत दिने व्यवस्था गर्ने ।
१४
विदेशका भएको कृषि उत्पादन तौर तरिका लाई नेपाल भित्र्याउन एक छुट्टै निकाय छुट्टै अधिकार सम्पन्न कृषि आयोग गठन गरि आयोगले कृषि,अनुदान निर्धारण गर्ने र हस्तक्षेप गर्न नपाउने ।
१५
विदेशको वैज्ञानिक कृषि पद्धति,तरिका,ज्ञान सीप,प्रविधि भित्र्याउन धेरै कृषि विद्यार्थीलाई अध्ययन र तालीम, उच्च विज्ञ शिक्षा लिन विदेश पठाउने ।
१६
स्थानीय उत्पादन स्थानीय उपभोग गर्ने लाई मुल्य छुटको नारा राष्ट्रव्यापी बनाउने ।
१७
ठूलो परिमाणका कृषि गर्न आउने व्यक्ति, समुह वा कम्पनीको लागी स्थानीयस्तर बाट जग्गा खोजी गरिदिन, कानुनी सम्झौता गराई दिन, सहजिकरण गर्न मध्यस्थता गर्ने र सम्झौता कसैले तुरुन्त तोड्न नपाउने कानुनी व्यवस्था गर्ने ।
स्नेही
आर के त्रिपाठी
लण्डन बाट