हेटौंडा \ १६ मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गरि हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१२ नेकपा एमाले तर्फका उम्मेदवार रहेका राजेश नगरकोटीले मतदाता भेटघाट अभियानलाई तीव्र पारेका छन् । नगरकोटीले यतिबेला मतदातासँग उनीहरुका समस्या बुझ्न तथा आफ्ना कुराहरु राख्नका लागि व्यस्त भइरहेका छन् ।
नगरकोटीको घरदैलो अभियान आइतबार सोमबार वडाको भोर्ले, रमनटार, गोठदमार, घडेरीडाँडा, सिग्रेनी लगायतका क्षेत्रहरुमा घरदैलो गरिएको जिल्ला अध्यक्ष श्रीधर पोख्रेलले बताए ।
घरदैलो अभियानमा नेकपा एमालेका केन्द्रीय सदस्य एंव जिल्ला ईन्चार्ज रामेश्वर राना, प्रदेश कमिटि सदस्यहरु बलराम बल, नवराज तिमल्सिना, गोपाल श्रेष्ठ, बद्रीप्रसाद लम्साल, ईन्द्रमान स्याङ्तान, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, भारती पाठक, आनन्दराम श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीधर पोख्रेल, नेताहरु अनन्त पौडेल, हरिबहादुर महत, रामचन्द्र राई लगायतको सहभागिता रहेको थियो ।
नगरकोटीले आफ्नो पहिलो प्रमुख योजनाको रुपमा कृषिलाई समेटिएको बताएका छन् । उनले आफ्नो प्रमुख योजना १२ नम्वर वडाको समृद्धि रहेको बताउँदै आएका छन् ।