राजकुमार केसी
हेटौंडा \ बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्राविधिक शिक्षाको विकास गर्नको लागि प्रदेश सरकार प्रतिवद्ध भएको बताएकी छिन् ।
मन्त्री मोक्तानले बिहीवार धादिङको गजुरीमा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटि)ले कृषि तथा बाली विज्ञान विषयको अध्ययनको लागि निर्माण गरेको ग्रीन हाउस उद्घाटनका क्रममा प्राविधिक शिक्षाले स्वरोजगार हुन सहयोग गर्ने भएको हुँदा प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिने बताइन् ।
त्यस्तै, मन्त्री मोक्तानले बिहिबार नै बागमती प्रदेश सरकारको सहयोगबाट संचालन भएको शंखादेवी आवासीय मावि मझिमटारको अनुगमन तथा निरीक्षण गरेकी छिन् । गर्नुभएको थियो ।
उनले धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमामा सहभागी भइ सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण भएको आदर्श बहुमुखी क्याम्पसको अनुगमन, निरीक्षण गरी पुर्वाधार विकास संगै गुणस्तर सुधार गर्न सुझाव दिएकी छिन् ।
उनले सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीको अनुगमन, निरीक्षण सहित प्रभावकारी ढंगले कार्य गर्न सुझाव दिइन् ।
मन्त्री संलग्न कार्यक्रमहरुमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीका प्रमुख दिपेन्द्र सुबेदी, गजुरी गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।