हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न संघको आगामी पौष २४ गतै ५८ औँ साधारण सभा र २७ गते हुने निर्वाचनका लागि संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । बुधबार सचिवालय उद्घाटन गरेसँगै रानाभाटले व्यवसायीकै हितमा काम गर्ने गरी उम्मेदवार घोषणा गरेको बताए । एक दशक भन्दा बढी संघमा रहेर काम गरेँ अब नेतृत्वको लागि साथ सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
उनले अनुभवी र सक्रिय व्यवसायीलाई समेट्दै बलियो टिम बनाएर अघि बढ्ने बताए । व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पु¥याउने लक्ष्य रहेको बताए । व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर सङ्घलाई समृद्ध र प्रभावकारी बनाउन म निरन्तर क्रियाशील हुनेछु, उनले भने ।
सदस्य हुँदै उपाध्यक्ष सम्मको यात्रा
प्रमोद सिंह रानाभाट मकवानपुर उद्योग वाणिज्य संघमा २०६७ सालमा सदस्य पदमा निर्वाचित भएका हुन् । निरन्तर आफ्नो व्यवसाय सँगै संघको हरेक क्रियाकलापमा सक्रिय छन् । सदस्य बने सँगै व्यवसायीहरुको हकहितमा लागिरहेका उनी २०७१ को निर्वाचन पश्चात कोषाध्यक्ष बने । सदस्य भएर अनुभव बटालिसकेका रानाभाटले कोषाध्यक्ष पदमा रहेर आफ्नो कार्यसम्पादन गरे ।
उनी थप अनुभव संहाल्दै २०७४ को संघको निर्वाचनबाट महासचिव बन्न पुगे । महासचिव बनेर जिल्लाभित्र मात्र नभई देशका विभिन्न उवा संघसँग सम्बन्ध कायम राख्नुका साथै आफ्नो अनुभवलाई थप वृद्धि गरे । हाल उनी मउवा संघको उद्योग तर्फका उपाध्यक्ष छन् । उनी २०७८को निर्वाचनबाट उद्योग उपाध्यक्ष पदमा रहेर कार्य सम्पादन गर्दै आइरहेका छन् ।
सदस्य हुँदै उपाध्यक्षसम्म निर्वाचित भई आफ्नो अनुभव र कार्यसम्पादन गर्दै आएका रानाभाट आसन्न निर्वाचनमा अध्यक्ष बन्ने तरखरमा छन् ।
अटोदेखी स्वास्थ्य क्षेत्रमा समेत सक्रिय
रानाभाटको व्यवसायी यात्राको इतिहास लामो रहेको छ । २०२४ सालमा हजुरबुबा प्रताप सिंह रानाभाटले स्थापना गरेको अटो इन्जिनियर वक्र्स तेस्रो पुस्ता सम्म सञ्चालनमा आइरहेको छ । बुबा डम्बर सिंह रानाभाटले पनि उही व्यवसाय सम्हाल्दै आएको र हाल प्रमोद सिंह रानाभाटले सम्हाल्दै आइरहेका छन् । बुबा पछि मैले २०५१बाट अहिले पूर्ण स्वामीत्व लिई सञ्चालन गरिरहेको छु, रानाभाटले भने ।
रानाभाटले अटो ईन्जिनियरदेखी यातायात क्षेत्र साथै स्वास्थ्य क्षेत्रमा समेत लगानी रहेको छ । रानाभाट चुरेहिल सिएमसी हस्पिटलका बोर्ड अफ डाइरेक्ट समेत हुन् । उनले वीस जनाभन्दा बढीलाई रोजगार दिदैं उद्योग सञ्चालन समेत गर्दै आइरहेका छन् ।
सामाजिक क्षेत्रमा पनि सक्रिय
रानाभाट व्यवसाय सँगै सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व लिदैँ सामाजिक क्रियाकलापका रहदैँ आइरहेका छन् । व्यवसाय मात्र होईन समाज र सामाजिक क्षेत्रमा पनि तल्लीन हुनुपर्छ, उनले भने । व्यवसायीकै हकहितमा लाग्नुका साथै समाजमा हुने विभिन्न विपद् तथा अप्ठ्यारो अवस्थामा सहयाग गर्दै आइरहेको छु ।
उनी हेटौंडा जेसीजको सन् १९९८ मा सदस्य लिई कोषाध्यक्ष भएर कार्यसम्पादन गरेका छन् ।
उनी लायन्स अफ भुटनदेवी सेन्टिनियलको २०२२ को नेतृत्व सम्म गरेका छन् । कोभिड १९को समयमा व्यवसायीहरुको क्षेत्रमा परेको असरलाई आफुले सक्दो साथ र सहयोग गरेको बताउँछन् । घरभाडाका समस्याका साथै सदस्य व्यवसायीहरुमा आउने विभिन्न समस्यामा समाधान गर्न आफु जहिले पनि सहयोग गर्दै आइरहेको रानाभाट बताउँछन् ।
रानाभाटको उम्मेदवारीले व्यवसायीमा खुसी
बुधबार विहान अध्यक्ष पदको उम्मेदवारी घोषणासँगै मकवानपुरका व्यवसायीहरुमा खुसी छाएको छ । सबै व्यवसायीको पीरमर्कामा साथ दिने रानाभाटको उम्मेदवारीले व्यवसायी खुसी देखिन्छन् । उहाँ उठ्ने कुराले हामी खुसी छौं, राप्तिरोडका एक व्यवसायीले भने । उहाँजतिको कर्मठ र लगनशील नेतत्व पायौं भने सम्पूर्ण व्यवसायीको हित हुने छ उनले थप्दै भने । म जस्तै सयौं व्यवसायीको आशा भरोसा नै प्रमोद सिं रानाभाट हो ।
उहाँको नेतृत्वमा अनुभवी र व्यवसायीको सबै वस्तुगत क्षेत्र समेटिएर टिम बनाउन एक व्यवसायीले आग्रह गरेका छन् । उहाँ दक्ष नेतृत्व हुनुहुन्छ, टिम राम्रो र सबै समेट्दै लैजानुभयो भने हामी व्यवसायीको हित हुनेछ उनले भने ।