हेटाैडा \ हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएकाे छ । हेटाैडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम टाेल विकास संस्था अध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा साधारणसभा भएकाे हाे ।
साधारणसभामा संस्था अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन, सचिव प्रदीप ढुङ्गानाले प्रगति प्रतिवेदन र काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट काम गर्ने ब्यक्तिहरुलाई सम्मानित गरिएको थियाे ।
संस्थाकाे भवन निर्माणमा सहयाेग गर्ने उदय बिडारी, ज्येष्ठ सदस्य हिरामाया गाैतम, कृष्ण बहादुर क्षैत्री, उत्कृष्ट बचतकर्ता केशव सापकोटा , गाेमा सापकोटा, उत्कृष्ट काराेवारी बिन्दा राई उत्कृष्ट विधार्थी प्रतिक ढुङ्गाना र कृति तिमल्सिनालाई सम्मानित गरिएकाे थियाे ।
साधारणसभामा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बाेर्ड सञ्चालक सदस्य बासुदेव अधिकारी, टाेल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी, संस्थाका पूर्व अध्यक्ष बासुदेव सापकाेटा, साधुराम चाैलागाई, टाेल विकास संस्था भूगाेल ईन्चार्ज गाेमा लामिछाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, प्रभातकालीन टाेल विकास संस्था अध्यक्ष महेन्द्र श्रेष्ठ , भरत सापकोटा लगायतकाे आतिथ्यता रहेकाे थियाे ।